२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थलगत रिपोर्ट

कुमालको घरघरमा करेषाबारी तरकारीखेती गर्न थाले पछि व्यापारीको व्यापारै चौपट

राजाराम शर्मा
दुई वर्ष अघिसम्म मागेर र किनेर तरकारी खाने कुमालहरुले करेषाबारीमा नै तरकारीखेती गर्न थालेपछि स्थानीय व्यापारीहरुको व्यापार नै चौपट भएको छ ।
धादिङको मैदी गाउँ विकास समिति वडानम्बर ९ मा बसोबास गर्दै आएका ९४ घर परिवार कुमालहरुले किनेर मात्रै एक महिनामा आठ बोरा सोयाविन मस्यौरा खाने गरेकोमा अहिले उनीहरुले किन्न छाडेपछि आफ्नो व्यापार नै चौपट भएको स्थानीय व्यापारी कृष्णप्रसाद दाहाल बताउनु हुन्छ ।
विगतमा तरकारीखेती नगर्ने कुमालहरुले करेषाबारीमा तरकारीखेती गर्न थालेपछि यतिका परिमाणको सोयाविन मस्यौरा खपत हुन छाडेको हो । सोयाविन मस्यौरा त एयटा उदाहरण मात्र हो उनीहरुले आलु केराउ भटमास लगायत हरिया सागसव्जी पनि किनेर खाने र पैसा नहुनेले गाउँमा गएर मागेर खाने गरेकोमा अहिले उनीहरु माग्न र किन्न छाडेका छन् व्यापारी दाहाल बताउनले बताउनु भयो । अहिले त उनीहरु आफूले खाने मात्र होइन बेच्न पनि थालेका छन् दाहाल बताउनु हुन्छ ।
परम्परागत पेशा माछा मार्ने भए पनि अहिले यो पेशामा कोहि नलागेको र काम गर्न सक्ने भए पछि पैसा कमाउन भारत जाने गरेका कुमालहरुका घरमा बस्ने सदस्यहरुले सधैंधरी कागेर र किनेर तरकारी खाने गरेकोस्थानीय चिन्तामान कुमाल स्विकार्नुहुन्छ । गाउँमै कस्नेहरु पनि छिमेकि गाउँमा दिनभर ज्यालादारी गरेर साँझमा पसलबाट तरकारी किनेर ल्याउनु आफ्नो दिनचर्या नै भएको चिन्तामानले बताउनु भयो ।
स्थानीय गैसस जगतज्योति सामुदायिक विकास समाज र दिगो भू-व्यपस्थापन कार्यक्रमको सहयोगमा किसान-किसान कृषि प्रसार समिति धादिङले चेतनामूलक कार्यक्रम साचालन गरि केहि विउविजन सहयोग गरेपछि कुमालहरुमा परिवर्तन आएको अर्का सदस्य ठाकुर कुमालले बताउनु भयो । विगतमा किनेर र मागेर तरकारी खाने गरेको भए पनि अब आफैंले उत्पादन गरेर ताजा तरकारी खाईन्छ ठाकुरले भन्ने भयो ।
थोरै ठाउँ थारै पानी र थोरै दुःख गरेर पनि छ सात जनाको परिवारलाई पुग्ने तरकारी उत्पादन गर्न सक्ने भए पछि पैसाको बचत भएको फुलमाया कुमालले बताउनु भयो । तरकारी किनेर खाने पैसा अब छोराछोरीको पढाइमा खर्च गर्ने योजना बनाएको फुलमाया बताउनु हुन्छ । महिला स्वास्थ्य स्वयंसेविका समेत रहनु भएकि फुलमायाले अब करेषाबारीमा मात्र होइन व्यवसायिक रुपमै तरकारीखेती गर्ने योजना बनाउनु भएको छ ।
बाह्रै महिना सुख्खा र उजाड रहँदै आएको पिपलटारमा करेषाबारीको तरकारीखेतीले अहिले हरियाली बढ्न थालेको छ । काउली बन्दा साग हरियो केराउ आलु बकुल्ला धनीयाँ मुला प्याज लगाउतका मौसम अनुसारको तरकारीहरु करेषाबारीमा खेती गर्न थाले पछि बालबालिकाको स्वास्थ्यमा समेत सुधार हुन थालेको कुमालहरुको भनमई रहेको छ । तरकारीखेतीबाट यतिका धेरै फाइदा हुने भए पछि छिमेकि गाउँमा ज्यालादारीमा काम गर्नु भन्दा आफ्नै जग्गामा पसिना पोख्नु उत्तम हुने कुमालहरुको धारणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box