२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

सम्पादकीय

विकासको लागि यूवा सहभागिता

बिगत द्धन्दको अवधिमा जनस्तर सम्म विकास भएको िहंसाजन्य कि्रयाकलाप र प्रतिशोधको कारण आज पनि समाजले शान्ति पुर्ण रुपमा विकासको गति लिन सकिरहेको छैन । यसको समाधानको लागि सिप र सृजना भएका परिवर्तनकारी युवाहरुकॊ सहभागतिामा शान्ती र विकासका नयाँ अध्याय शुरु गर्ने आवश्यकता टड्कारो देखिन्छ । यूवाहरुको सहभागिता विना शान्ती र विकासको सम्भावना देखिदैन ।
सदियौ देखीको नेपाली जनताको चाहनाको रुपमा रहेको दिगो शान्ती र समाजीक रुपान्तरणको अभियान अझै सार्थक हुने अवस्था देखिएको छैन । विगतका सामान्ती संस्कार र यसको परिवर्तनका निम्ति भएको १० वर्षे युद्धको कारण समाजमा देखा परेको त्रास भय र कुण्ठाबाट नेपाली जनताले मुक्ति पाउने आशा पलाएकोमा पछिल्लो समयको राजनीतिक अवस्थाले शंका उत्पन्न गराएको छ । मुलुक राजनीतिक तरलताको अवस्थामा अलमल्लिई रहेकॊ छ । यस्तो अवस्था लामो समय रहने हो भने देश फेरि द्धन्दको चपेटामा फस्न सक्ने आकलन गर्न थालिएको छ ।
राष्ट्रको हरेक कि्रयाकलापमा यूवाहरुको अगुवाई जरुरी रहेको सन्र्दभमा यस विकासको मुख्य केन्द्र बिन्दु ग्रामिण स्तरमा रहेका दलित तथा उत्पिडनको सिकार भएका द्धन्द प्रभावीत युवाहरुको सिप क्षमता र चेतना स्तरमा विकास गरी समाज रुपान्तरणमा लगाउनु पर्छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box