२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थलगत रिपोर्ट

जीर्ण छ धादिङबेसि सल्यान्टार सडक

राजाराम शर्मा धादिङ
वर्षाको समय हुदा नहुदै धादिङका ग्रामीण क्षेत्रको यात्रामा यात्रुहरुले कठिानाइ व्यहोर्नु परेकोृ छ । धादिङका ग्रामीण सडकहरु मध्ये २०४१ सालदेखि धादिङबेसि सल्यान्टार सडक भनि नामाकरण गरी संचालनमा आएको अति व्यस्त सडकमा प्रत्येक वर्ष सत्तरी लाख देखि एक करोड खर्च गर्दै आएको छ ।
प्रत्येक वर्ष ठेक्का प्रकि्रयाबाट सडकको मर्मत गर्न भनि रकम विनियोजन गरे पनि सडक भने कहिल्यै मर्मत भएको जस्तो देखिदैन । विभिन्न राजनितिक दलहरुको सिफारिसमा छुट्याइएको यत्रो भा्री रकम सडक निर्माण होईन दलहरुको निर्माणको लागि मात्र देखिन्छ । सडकको विषयमा दलहरु भने टालटुले गरेर उम्कन खोज्छन् ।
२०४१ सालदेखि संचालनमा आएको यस सडकले २०६२ साल यता २०६६ सालसम्म्ा मात्र विश्वबैंड्ढको सहयोगमा करिव चार करोड भन्दा वढि रकम खर्च गरी सकेको छ भने २०६७ सालमा एक करोड कएघार लाख रुपैयाँ सडक मर्मत गर्न भनि ठेक्का प्रकि्रया पुरा गरिसकेको छ । जिल्ला विकास समिति धादिङले सो सडकको कर लिने गरेको छ ।
ग्रामिण सडकको अवस्था सुधार्न वायोईन्जिनियरिङ्ग  गर्ने सोँच भएको स्थानीय विकास अधिकारी शंकर नेपाल बताउनुहुन्छ । वर्षा सकिने वित्तिकै सडक निर्माण र मर्मत सुरु गरिने पनि उहाँ बताउनुहुन्छ ।
उता सवारी चालक भने यात्रुको चाप वढी र सडकको अवस्था जिर्ण भएकोले सवारी साधन गुडाउन कठिन भएको बताउँछन् । यस्तो जिर्ण र ग्रामीण सडकमा सवारी साधन चलाउनाले सवारी खर्चमा समेत वृद्धि हुने गरेको गाडिहरु विग्रने गरेको चालकहरुको भनाई रहेको छ । यात्रुहरु भने ठेकेठार कम्पनि र सम्वन्धित निकायको मिलमतोमा विनियोजित रकम हिनामिना हुने र गुणस्तरहिन काम भएको कारण सडकले यस्तो अवस्था वेहोर्नुपरेको बताउँछन् ।
यो सडकको १६ किलोमिटर भागमा भने करोडौँको लगानीमा ओटासील भएको छ तर ओटासील पिच बनेर नसिकंदै विगि्रएको अवस्थामा छ । सडक जिर्ण भएकै कारण धादिङको उत्तरी क्षेत्र र गोरखाका उत्तरी क्षेत्रका मानिसहरु आवतजावत गर्न मात्र नभई दैनिक उपभोग्य वस्तु र त्यस क्षेत्रमा उत्पादीत कृषि जन्य वस्तुहरु बजारसम्म ल्याउन कमेत कठिनाई परेको छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box