२०७४ साल  मार्गशीर्ष ३ गते, आईतवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

लेख विचार

मलाई मन पर्ने गुरु

विद्यार्थिको धैर्यता गुरुप्रतिको सम्मान नयाँ कुरा जान्न खोज्ने चाहना र शिक्षकको विद्यार्थीका समस्यालाई समाधान गर्न खोज्ने र पूर्नताजगी भइरहने कामले शिक्षक-विद्यार्थी सम्बन्धमा पनि विस्तार हुने पक्का छ ।
शिक्षण पेशा चुनैतीपूर्ण छ । असल गुरु बन्न त अझै गार् हो । कक्षा १ देखि स्नाकोत्तर तहसम्म अध्यान गर्दा ५० वढी गुरुहरुबाट पढियो । कक्षा १० सम्म पढ्दा पढाउन आउने जो सुकै भएपनि डर लाग्थ्यो । केही गुरुहरु त्यतिवेला पनि मन पथ्र्यो । केहि मन नपर्ने भएपनि कक्षामा वसियो र विरोध गर्ने आँट गरिएन । अशल र कमशल गुरुहरु छुट्याउने र कक्षा लिने अथवा नलिने काम प्रविणता प्रमाणपत्रतहको अध्ययन सँगै भयो र त्यो पछिसम्म कायम रह्यो ।
आफु पनि अध्यान पेशामै लागेकालेअहिले गुरुहरु र उनिरुले प्रस्तुत गरेका व्यवहार सम्झना आईरहन्छ । केही यस्ता गुरुहरु छन् जसको शैली र व्यवहारिक पक्षलाई समेत पछ्याउन मन लाग्छ । यस्तै वीचमा मलाई मनपर्ने शिक्षक जसको सधै अनुकरण गर्न मन लाग्छ र उनि संजीव उप्रेती हुन् ।
उप्रेती एम्।ए अंग्रेजी विषयमा अहिले सम्म त्रिभुवन विश्वविद्यालय वाट धेरै अंक ल्याउने व्यक्ति हुन । उच्चतम अंक ल्याएर पनि विद्यार्थीका शैक्षिक समस्यालाई सही तरीकाले सम्वोधन गर्ने उनको पक्ष मलाई निकै मन पर्छ । गुरुहरु विभिन्न थरिका हुन्छन् । कुनै गुरुहरु आफ्नो क्ररा एकोहोरो लाग्छन् । कसैले विद्यार्थीका प्रश्नहरु सहजताका साथ सिकाउदैनन् । सकेसम्म उम्कन खोज्छन् । कोही विषयवस्तु भन्दा वाहिरका विषयमा गफ गरेर सम्वन्धित विषयमानै प्रवेश गर्दैनन् । र विद्यार्थीलाई आफ्नो पक्षमा राख्न र नियन्त्रण गर्न परीक्षामा आफ्नो विरोधमा बोल्नेलाई फेल गराइदिएर गर्छन् । यस्तो समस्या थोरै विद्यार्थी हुने विभागमा रहने गर्छन् । त्यस्तै कसैले कक्षामै राजनीतिक भाषण दिन्छन् त कसैले धेरै पिरियड पढाउँदा पनि एउटै विषय प्रष्ट पनि सक्दैनन् ।
यस्ता धेरै हवगुण मैले संजीव उप्रेतीमा कहीँ पनि पाईन । उनिसँगै अंग्रेजी केन्दीय विभागमा राम्रा पढाउने शिक्षकहरुमा श्रीधर लोहनी विरेन्द्र पाण्डे लगाएतका शिक्षकहरु पनि छन् । तर उनिहरुले विद्यार्थीको सम्मान पाउन सकेका छैनन् । श्रीधर लोहनीलाई विद्यार्थीलाई जहिले पनि कम नम्वर दिने आरोप लाग्छ भने विरेन्द्र पाण्डे पैसामुखी वढी भएको आरोप लाग्छ । पढाउने विषयवस्तुमा प्रस्ट भएपनि उनिहरुलाई विद्यार्थीवाट दोषमुक्त हुन गार् हो छ ।
संजीव उप्रेती अथाह ज्ञान भईकन पनि सामान्य भाषाशैलीमा प्रस्तुत गर्न सक्ने क्षमता भएका व्यक्ति हुन् । विद्यार्थीका प्रश्नलाई र प्रतिकि्रयालाई सहज रुपमा ग्रहण गर्न सक्ने गुण उनको छ । सामान्य डे्रसमा उपस्थित हुने विद्यार्थीका समस्या कक्षाकोठा कार्यालय कफीपसल देखि कुनै कार्यक्रममा समेत भन्न तयार हुने उनको सहजतापनलाई म उहिले पनि विसर्िदीन ।
शोधपत्र लेख्ने क्रममा विद्यार्थीहरुलाई शिक्षकहरुले निकै दुःख दिने गर्छन । भेट नदिने सामाग्रीको बारेमा नबताइदिने केही दिनमै सिद्धिने काम पनि महिनौ लगाइदिने गरेका कैँयौ उदाहरण छन् । तर संजीव उप्रेतीसँग कोही विद्यार्थीले पनि अकारण दुःख पाएका छैनन् ।
हिन्दु परम्पराअनुसार असार शुक्ल पूर्णिमालाई गुरु पूर्णिमाको रुपमा मनाईन्छ । विद्यार्थीले आफ्ना गुरुप्रति सम्मान भाव प्रकट गर्छन् । त्रिभुवन विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा यसरी गुरुपूर्णिमा मनाउने औपचारिक कार्यक्रम त भएनन् तर मलाई हृदयदेखि नै सम्मान गर्न मन लाग्ने शिक्षक संजीव उप्रेती नै हो । मैले सकेसम्म उहाँको बाटोलाई पच्छ्याउने प्रयास गर्छु । तर कसले कति प्रस्तुती गर्न सक्छ भन्ने कुरा उसको प्राकृतिक क्षमतामा पनि भर पर्ने कुरा हो ।
समाजमा सही ज्ञान प्रवाहको लागि गुरुहरुको महत्वपूर्ण योगदान हुन्छ । गुरुहरुले आफ्नो दायित्व निभाउन सकेमा विद्यार्थीको सम्मान पनि पाउने स्थिति हुन्छ । विद्यार्थिको धैर्यता गुरुप्रतिको सम्मान नयाँ कुरा जान्न खोज्ने चाहना र शिक्षकको विद्यार्थीका समस्यालाई समाधान गर्न खोज्ने र पूनर्ताजगी भइरहने कामले शिक्षक-विद्यार्थी सम्बन्धमा पनि विस्तार हुने पक्का छ । भ्ुबष्ि बपचष्कजलब२थबजयय।अयु


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box