२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

अन्तर्वार्ता

तयारी सम्पूर्ण पुरा भएको छ ।

धादिङ जिल्लाको सुनैलाबजार गाँउ विकास समितिको वडा नं १ मा जन्मिएर वडा नं ७ तल्लोवेशीमा वसोवास गर्दै आउनु भएका रामनाथ अधिकारी नेपाली कांग्रेसको जिल्ला सभापती हुनुहुन्छ । २०१८ सालमा बाबु शिबनाथ अधिकारी र आमा टीकादेवीको कोखवाट जन्मनु भएका अधिकारीले २०३६ साल देखि सकि्रय र २०३८ सालदेखि जिल्ला अदालतको नोकरी छाडेर पुर्णकालिन राजनीतिक जीवनमा लाग्नु भएको हो । धादिङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधी सभाका सदस्य समेत निर्वाचित हुनु भएको अधिकारी कांग्रेस भित्रका शालीन र मिलनसार नेताको रुपमा चिनिनु हुन्छ । नेपाली कांग्रेसको आसन्न गाँउ क्षेत्र र जिल्ला अधिवेसनको सेरोफेरोमा रहेर सभापती अधिकारीसँग हामीले करुाकानी गरेका थियौं । प्रस्तुत छ नेपाली कांग्रेसका सभापती रामनाथ अधिकारीसँग यस साप्ताहिक कार्यकारी सम्पादक राजाराम शर्माले गर्नु भएको कुराकानी

नेपाली कांग्रेसको आसनन्त जिल्ला अधिवेसनको तयारी कहा पुग्यो

हामीले पार्टीको गाँउ क्षेत्र र जिल्ला अधिवेसनको सम्पुर्ण तयारी पूरा गरिसकेका छै । पार्टीको परिमार्जित विधान वमोजिम देशभरका सवै गाविसहरुमा एकैदिन अर्थात आज साउन ९ गते सवै क्षेत्रमा एकैदिन अर्थात साउन १५ गते र सवै जिल्लाहरुमा एकैदिन अर्थात साउन १७ गते अधिवेसन हुदैछ । यद्यपी जिल्ला अधिवेसन भने राष्टिय राजनीतिको प्रभावले स्थगित गरिएको छ । हामीले धादिङका ५० वटौ गाविसमा गाँउ अधिवेसनको तयारी पुरा गरिसकेका छौ । यसको लागी ५० जना शिक्षकहरुलाई मतदान अधिकारीको रुपमा परिचालित गरिसकेका छौ ।

तपाई २०५४ सालदेखि कांग्रेस धादिङको सभापती हुनुहुन्छ । अझै पार्टी नेतृत्वमा रहने सोच वनाउनु भएको छ

अवस्य पनि मैले २०५४ सालदेखि पार्टी नेतृत्व सम्हाल्दै आएको छु । तर नर्वाचित भएर भने २०५८ साल देखि पार्टी सभापतीको जिम्मेवारी वहन गरेको छु । यो अबधिमा धेरै साथिहरुले आफ्नो क्षमता वृद्धि गरिसक्नु भएको छ । पार्टी नेतृत्व सम्हाल्न धेरै साथिहरु ईच्छुक रहेका पनि मैले पाएको छु । त्यस कारण जिम्मेवारी बाँडफाड गर्नुपर्छ भन्नेमा म छु । पार्टीका जिम्मेवार साथीहरुमा दैनिक जसो छलफल सरसल्लाह भैरहेको छ । सवैको सहमती र एकतामा नेतृत्व कसले लिने भन्ने कुराको टुङ्गो लगाउनु पर्छ भन्ने मान्यता हो । अर्को कुरा एउटा पदमा धेरै साथीहरुले ईच्छा राख्नु भयो भने त्यसलाई सहमतिमा पुर् याउदाको स्थितिके हुन्छ अहिल्यै भन्न सकिदैन ।

आसन्न अधिवेसनवाट कस्तो नेतृत्व छनोट हुनुपर्छ । भन्ने लाग्छ तँपाईलाई

अहिले मुलुकको परिस्थिती अति जटिल मोडमा छ । खास गरि जनआन्दोलन २०६२÷६३ र संविधान सभाको विर्वाचन पछि मुलुक सहमति सहकार्य र एकतामा अधि बढ्नु पर्छ भन्ने जनादेश प्राप्त भएको छ । यो अवस्था जिल्ला र गाँउ तह सम्म पनि लागु गराउनु पर्छ । त्यसैले सवैलाई समेटेर अधिबढ्न सक्ने समायोजन गरेर जान सक्ने विचारले अरुलाई कम्मिन्स गर्न सक्ने नेतृत्व नै अबको आवश्यकता हो । अवको जिल्ला अधिवेसनले त्यहि अनुरुपको नेतृत्व चयन गर्न सक्नु पर्छ ।

कांग्रेस दुई धारमा विभाजन भएको छ भन्ने सुनिन्छ नी धादिङको अवस्था के छ

मलाई त्यस्तो लाग्दैन । प्रजातान्त्रिक पार्टीमा आ-आफ्नो विचार सवैले राख्न पाईन्छ । निर्णय साझा हुन्छ । धादिङको परिवेशमा नेपाली कांग्रेस विभाजित छैन । अव कुरा रह्यो प्रतिनिधि छनोटको । आ-आफ्नो ठाँउबाट प्रतिनिधि बन्न चाहानु स्वाभाविक हो । थोरै सिटमा धेरैको चाहाना भयो भने त्यहा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा कोही जित्ने र कोही हार्ने हुन्छ । यसलाई विभाजन भन्न मिल्दैन । यो स्वाभाविक रलोकतान्त्रिक प्रकि्रया हो ।

पछिल्लो समयमा राजनीति विचारले भन्दा पनि बल र धनले निर्देशित भएको पाईन्छ । यो अवस्था प्रायःसवै राजनीतिक दलमा देखिन्छ । के भन्नु हुन्छ यसमा

-अवश्य पनि अहिले यो अवस्था देखिन्छ । यसले कसैलाई फाइदा गर्दैन । राजनीति भनेको विचारले चल्नुपर्छ कार्य क्षमता र कार्य सम्पादनको आधारमा नेताको गुण दोष छुट्याउनुपर्छ । पछिल्लो समयमा धादिङमा अस्वस्थ्य खालको राजनीतिक परिस्थिती सिर्जना भएको छ । अराजक अवस्था सिर्जना भएको छ । सबैले यसप्रति गम्भिर भएर सोच्नु जरुरी छ र काँग्रेसको भावी नेतृत्व यी सबै अराजक कि्रयाकलापलाई चिर्न सक्ने हुनुपर्छ ।

अब एकछिन समसामयिक राष्ट्रिय परिस्थितिको बारेमा कुरा गरौँ । वर्तमान राष्ट्रिय परिवेशलाई कसरी हेरिरहनु भएको छ

अहिले राष्ट्रिय राजनीति तरल अवस्थामा छ । जनताले सुम्पिएको संविधान निर्माण कार्य शान्ती प्रकि्रयालाई निष्कर्षमा पुर् याउने काम रोकिएको छ । दलहरु सत्ता प्राप्ती र सरकार बनाउने खेलमा अल्झिएका छन् । त्यसमा पनि एकिकृत नेकपा माओवादी सबैभन्दा अघि देखिन्छ । माओवादी संविधान नबनाउने खेलमा लागि रहेको छ । यसको नैतिक जिम्मेवारी हामीले पनि लिन पारिरहेको छ । एउटा लाजमर्दो कुरा सरकार गठन गर्न समेमत दलहरु असफल भएका छन् । यसले मुलुक कतातिर जाने हो भन्नै नसकिने स्थिति भएको छ । चिन्ता लागेको छ ।
अहिले गिरीजाप्रसाद कोइरालाको आवश्यकता खड्किएको छ । जस्तो सुकै असहज भनिएको परिस्थितिलाई पनि सहज बनाउने क्षमता उहाँमा थियो । यतिबेला गिरीजाबाबु हुनुभएको भए सरकार विहिनताको अवस्था हुने थिएन ।

अन्यमा धादिङ आवाज साप्ताहिक मार्फत के भन्न चाहनुहुन्छ

पहिलो कुरा त धादिङ आवाज साप्ताहिक धादिङवासीको आफ्नो आवाज बन्न सकेकोमा शुभकामना दिन चाहन्छु । आगामी दिनमा पनि यसको प्रकाशन सफलताको कामना गर्दछु । अर्को कुरा यतिबेलाको हाम्रो कार्यभार भनेकेा नेपाली जनताले चाहेकेा संविधान निर्माण र शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउनु नै हो । यसका लागि सबै राजनीतिक दल नागरिक समाज र सर्वसाधारण सबै एक हुनुपर्छ ।
त्यसै गरि आगामी भदौ १० देखि १४ सम्म नेपाली काँग्रेसको केन्द्रिय महाधिवेसन हुँदैछ । यसमा पार्टी पंक्तिका सबैलाई सहयोग गर्ने आग्रह गर्दछु । आसन्न जिल्ला अधिवेशनका लागि सबै गा।वि।स।हरुबाट विचार विकास र निकास दिन सक्ने जुझारु सकि्रय साथीहरुलाई प्रतिनिधिको रुपमा छनौट गरेर

धादिङको काँग्रेसलाई सशक्त बनाउन तपाईको लोकपि्रय पत्रिका मार्फत अपिल गर्न चाहन्छु ।

अराजकतालाई चिर्न सक्ने नेतृत्वको आवश्यकता छ


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box