२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

सम्पादकीय

आरोह अबरोहका साथ १२ औ बसन्तमा पाइला टेक्दा

प्रकाशकीय

आज भन्दा ठीक ११ बर्ष अघि सम्म धादिङमा यौटा पनि पत्रिका थिएन। कुन्नि पञ्चायतीकालमा यौटा पत्रिका दर्ता भएको थियो रे तर पछि बन्द भयो।

 पत्रिका प्रकाशनकालागि जिल्लामा छापाखाना नहुनु टेलीफोनफ्याक्स लगायत आधारभूत तथा अपरिहार्य भौतिक पूर्वाधार समेत नभएको अवस्थामा हामी केही युवाहरु मिलेर धादिङ आवाज साप्ताहिक दर्ता गर् यौँ । कसैले स्याबास भने कसैले 'गाँठी न गुठी, जरजरी उठी' भनेर गिल्ली गरे कसैले विभिन्न आरोप आक्षेप समेत लगाए । तर हामी 'काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ' भन्ने कुरालाई मनमा लिएर अघि बढ्यौँ । केहीले साथ दिए केहीले माथ गर्न खोचे । कसै कसैले मुखले ठीक्क कामले दिक्क गरे । तर हाम्रो यात्रा त्रिशुलीको छालसँगै अविरल बग्दै गयो ।

संकटकाल शुरु भयो विद्युत लाइनहरु काटिए जलाइए टेलीफोनका टावरहरु । सेन्सर गरिन थालियो समाचारहरु र धम्क्याइन थालिए पत्रकारहरु । राज्य पक्ष हुन या विद्रोही बाँकी कसैले राखेनन् । आवश्यकता परेको बेलामा माया देखाए जस्तो गर्ने आफ्नो अनुकूल समाचार नआएको बेलामा थर्ककाउन पछि नपर्ने व्यवहारहरुको नालिबेली लगाउने हो भने धेरै लामो हुन्छ ।

तर हामीले आम नागरिकलाई आफ्नो क्षमताले भ्याए सम्म सत्य तथ्य र यथार्थ समाचार लेखिरह्यो अनवरतरुपमा । त्यसैले आम पाठकको माया र स्नेह हामीले धेरै पाउन सफल भएका छौ । आखिर पत्रिकालाई पाठकको न्यानो माया भन्दा अरु के नै पो चाहिन्छ र

आज समय बदलीएको छ । हिजोको जस्तो 'फर्की फर्की पाइला चाल्नुपर्ने, तौली तौली कलम चलाउन पर्ने' त्रासको वातावरण अलि कमी आएको छ। राज्य गणतान्त्रिक भएको छ । विद्युतीय साचारका साधनहरु सर्वसुलभ छन् । जिल्लामा ५ वटा एफ एम रेडियो साचालन भएका छन् । ५ वटा साप्ताहिक पत्रिकाहरु नियमित रुपमा प्रकाशित भैरहेका छन् । यो जस्तो खुसीको खबर हाम्रा लागि अरु के हुन्छ त्यसो त यत्तिका संचारका साधनहरुको हुलमा हामी हराउने पो हौं कि भन्ने हामीलाई कता कता च्वास्स चिसो नपसेको पनि होइन। तर यी कुराले हामीलाई विचलित होइन झन बढी जिम्मेवार बनायो । हामीले पस्कने पाठ्य परिकारहरुले हाम्रा पाठकहरुलाई प्रभावित पारिरह्यो। उहाँहरुले हामीलाई माया दिइरहनु भयो। र हामीआफ्नो गन्तव्यमा लागिरह्यौँ निरन्तर।

यौटा कुरा स्थापना कालदेखिनै हामीलाई कसैले कसैको पत्रिका भनेर आरोपित गर्न खोजे हामीले विकास विचार र समाचारको स्वतन्त्र खुराक भन्ने सन्देश दिदै अगाडि बढ्यो । हामीलाई जस्को भनियो उसले कहिल्यै आफ्नो पनि ठानेन ।

तर आज हामी शैशब कालीन अवस्थाबाट किशोरावस्थामा प्रवेश गरेका छौ र धादिङ जिल्लामा ११ बर्ष सम्म निरन्तर नियमित रुपमा प्रकाशित हुने एक मात्र साप्ताहिकको रुपमा परिचित हुन सफल भएका छौ र अखबारको प्रकाशनका साथै धादिङ आवाजलाई धधध।मजबमष्लनबधबवलभधक।अयु को नाम दिएर अनलाइन प्रकाशनको समेत शुरुवात गरेका छौँ जस्ले स्वदेशमा मात्र होइन विदेशमा बसेर पनि धादिङ आवाज पढ्न सकिने भएको छ । यसले हामीलाई अत्यन्त गौरवान्वीत तुल्याएको छ ।

हामीलाई यो अवस्थामा ल्याउन तपाईँ आदरणीय पाठकबर्गहरु विज्ञापनदाताहरु र सम्पूर्ण सहकर्मी ठूलो सहयोग सद्भाव र परिश्रम छ त्यसको हामी मुक्तकण्ठले प्रशंसा गर्दै र हार्दिक कृतज्ञता ज्ञापन गर्दछौ ।

आगामी दिनमा पनि यहाँहरुको मायाले निरन्तरता पाउने आसाका साथ यहाँहरु प्रति जहिले पनि उक्तरदायी हुने बाचा गर्द छौ ।

नवबर्ष २०६७ सालको पावन अवशरमा सबैमा सुस्वास्थ्य दीर्घायु र सम्बृद्धिको हार्दिक मंगलमय शुभ-कामना !!

प्रतिक्रियाहरु

Dhading Aawaj 12 barsa ma prabes gareko sukhad abasar ma Dhading Aawajka sampurna pariwar lai hardik subhakamana sathai aauda din haruma ajhai pragati gardai "Dhading Aawas weekly" "Dhading Aawas Daily" ma chittai parinat huna sakos bhanne kamana gardachhu.....

- DN Aryal : Old:Maidi_2, Dhading, New: Tandi, Chitwan,


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box