२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

सम्पादकीय

बिचार गरौँ

२०६७ साल जेठ १४ गते मध्यरातमा संविधान सभाको एक वर्षको म्याद थप र साउन ५ र ७ गतेको प्रधानमन्त्रीको निर्वाचनको संसदिय अभ्यासलाई हेर्दा पाउने र खाने बाहेक नेपालका प्राय नेताहरुमा देश जनता र राष्ट्रियता जस्ता महत्वपुर्ण विषय प्रति कुनै चासो र चिन्ता भएको देखिदैन । केवल कुसर्ी पद र पैसाको लागि लडिरहेको स्पष्ट हुन्छ । प्रधानमन्त्री माधव कुमार नेपालले राजीनामा दिएपछि छिनमै समस्या समाधान गर्ने नागरिक सर्वोच्चता स्थापित हुने राष्ट्रिउ स्वाधिनताको रक्षा हुने संविधान लेखन कार्य तुरुन्तै थालिने शान्ती प्रकि्रया तत्कालै निश्कर्षमा पुग्ने जस्ता अनेकौं मनोगणन्त्य शव्दजाल बुन्ने नेताका ूगतिलाू गफ पनि देखियो । यसलॆ प्रजातान्त्रिक नेता पनि विना मट्याङ्ग्राको गुलेलीले ढुकुर खसाउने जस्तै लाग्यो । संधैंधरि सत्तालिप्सामा देखिएका केहि दलहरु सहमतीय राजनीतिको कुरा अलाप्दै जुनसुकै प्रकि्रयाबाट भए पनि कुसर्ि हडप्ने दाउमा देख्दा अब मुलुक कतातिर जाने भन्ने शंका उत्पन्न भएको छ । नेताका झुटा आस्वासन र भाषणमा झुलेर जनता अब चुप बस्ने छैनन् । देश र जनताका लागी भन्ने नेताहरुले अव शीघ्र विचार पुर् याउनै पर्ने बेला आएको छ । पैसा र पदको लागि मात्र खेल खेल्नेहरु अब फालिने छन् । जनता छिटो छिटो परिवर्तन खोज्ने संवाहक भएकाले बेलामा बुद्धि नपुगे सोचेको भन्दा अलग परिस्थिति सृजना हुने सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box