२०७४ साल  मार्गशीर्ष ३ गते, आईतवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

लेख विचार

ुप्रणवीर रणवीर र कर्मवीरका त्रिवेणी बलबहादुर राईमा अन्तिम जय नेपालु

लौह पुरुष गणेशमानिसंह पछिका साहसका प्रतिमूर्ति आफ्ना प्रण बाचा र सङ्कल्पमा अडिग रहने जिउँदा महायोद्धा रणवीर निष्ठाका धरहरा बलबहादुर राइले अन्ततः नब्बे वर्षको ऋषिकल्प उमेरमा त्रुूर कालको पाजामा परी इहलीला समाप्त गर्नुभयो । एकतन्त्रीय हर्कतविरुद्ध अविराम विद्रोहको झण्डा उठाउने अथक र उत्साहका विम्ब बलबहादुर राई सााच्चै लोकतान्त्रिक बलका उम्दा जल्दा- बल्दा राजनेता नै थिए । सधैं गीताको ुकर्मण्येवाऽधिकारस्ते माफलेष्ा कदाचनु भन्ने आर्ष सुक्तिलाई सिद्धान्त र व्यवहारमा अनुशरण गर्ने एक लडाकू पुरुष जीवनको अन्तिम समयसम्मनै नमुनामा धवलित बनिरहे । वि।स। १९७७ फागुन १६ गते विकट वखलढुङ्गा जिल्लाको वडानं। ३ मोली गाउँमा आँखा खोलेका थिए यी महायोद्धाले । पिता नवलिसंह राई र माता भगीमाया राईका साँहिला सुपुत्रको रुपमा जन्मिएका यिनी सानैदेखिनै हक्की स्वभावका र समानताप्रेमी थिए । आफ्नी धर्मपत्नी शोभा कुमारी राईको अवसानपछि विधुर जीवन खेप्न पुगेका राईका दुइ योग्य सुपत्री र सुपुत्रहरु क्रमश प्रमिला उर्मिला प्रेमराज र भूपराज आ-आफ्नो क्षेत्रमा पिताको विरासतलाई जोगाउन कि्रयाशील छन् । सादा जीवन उच्च विचारका धनी बलबहादुरले आफ्ना सन्तति लगायत सम्पूर्ण नयाँ पुस्तालाई ठूलो पद पाउँदा पनि ठूलो हुँ भन्ने हैकमी अर्थात् स्वामी मानसिकता नलिन आग्रह गरिदिएका छन् । स्वाध्ययनबाट आध्यात्मिक ज्ञानको क्षितिज फराकिलो बनाएका धर्मवीर राईको रुचिको विषय शक्तिकी प्रतीक देवी र पुरुषर्थवादका ज्योति कृष्णप्रति अनन्य आस्था थियो । त्यसैले त उद्बोधनको प्रतीक शङ्ख जागरणको बिम्ब घण्टा बजाएर चण्डी र गीताको नियमित प्रातः वाचन गरी विश्लेषण चिन्तन र मननमा आफ्ना आध्यात्मिक क्ष्ाधालाई प्रबोधित गराइरहनु भयो । ुजब पुग्यो नब्बे हब्बे न कब्वेु भन्ने नेपाली कहावतलाई चुनौती िदंदै उनले जीवनको उत्तरार्धको अन्तिम क्षणसम्म पनि आफ्नो हब्बे कब्वे अर्थात् बलबुता भित्री एवं बाहिरी तागत आँट बर्कत र सामथ्र्यलाई सशक्तरुपमा प्रदर्शन गरिरहे । अनि देवतागण र पितृगणलाई आस्था तथा श्रद्धापूर्वक दिइने हव्य तथा कव्य आफ्नो आश्रमा बसेर न्यासध्यानपूर्वक चढाइरहे । ुमेरा हात गोडा चलुन्जेलसम्म मेरा मुखारविन्दबाट वाणी बजुन्जेलसम्म म राजनीतिमा सकि्रय भइरहन्छु म राजनीतिमा लागेको मान्छे कुन वेला मर्ने हो ठेगान छैन संघर्षको क्रममा मेरो अवसान भै हाले पनि तिमीहरुले कत्ति पनि चिन्ता लिनु पर्देन । ूयी उत्कट प्रण र महासङ्कल्पमार्फत उनी लोकतान्त्रिक राजपथ निर्माणमा अथक भई लागिपरिरहे । आफ्नो मूल्य मान्यता सिद्धान्त र विचारबाट कहिल्यै नचिप्लने निर्लोभी बलबहादुरले हस्पिटलको शैयाबाट पनि हामी भेट्न जाँदा जातीयवादको खोरमा देशलाई केही स्वार्थीहरुले फसाउलान् है होसियार रहनू ू भनेर तराई पहाड र हिमालका तमाम राजनीतिक कार्यकर्तालाई उध्याइरहे । बुद्धिजीवीप्रति अनन्य भरोसा राख्ने उनी कार्लमाक्स्रकै शब्दमा भन्थे -ूजसको दिमाग निर्भीक र स्वतन्त्र छ त्यसैलाई बुद्धिजीवी भन्न सकिन्छ । ू अर्थात् गुलियोमा भुलिने िझंगाझैं भएका पिपलपाते चरित्रका बुद्धिजीवी जो शक्ति र सत्ताको अनुकूलमा विश्लेषण र व्याख्यान गरी अफबाह फैलाएर बुद्धिजीवीको भ्रम दिन्छन् त्यस्ता मौका परस्तप्रति तीव्र घृणा थियो उनको ।
वि।सं। १९९५ मा तत्कालीन सेनाको विष्णुदल गणमा मासिक ५ रुपैयाँ पाउने गरी सिपाही भएका उनी केही समयपछि हवल्दार बनेर बढोत्तरी भई ६ रु।sमाउने बने । समयक्रममा उनले सेवा परिवर्तन गरेर निजामतीका बहिदार बने । २००४ सालमा जननायक वीपीले निकाल्नु भएको पर्चा पढेर लोकतान्त्रिक क्रान्तिकारी राजनीतिमा आकर्षित बनेका उनी सातसालको जनक्रान्तिमा जागीर छोडेर जनमुक्तिसेनाको शौर्यतालाई पूर्वााचलभरी छताछुल्ल बनाए । दोलखा कब्जा गर्न िहंड्दा निहंड्दै दिल्ली संझौता सम्पन्न भएको कारणले उनले आफ्नो नेतृत्वको विजय अभियानलाई विराम दिए तर संझौताबारे स्पष्टवादी नेता राईका आत्माका खुल्दुली त्यो बेलामा प्रश्न-प्रतिप्रश्न भएर पनि मडारिए । यही २०६७ असार २० गते शिक्षण अस्पताल महाराजगाजमा वहाँको भौतिक शरीरको अवसान भैसकेपछि भावपूर्ण श्रद्धााजली अर्पण गर्दै ने।sा। का कार्यवाहक सभापति शुशील कोइरालाले भन्नुभयो -ूमाओवादीलाई लोकतान्त्रिक धारमा ल्याउन र शान्ति प्रकि्रया टुङ्गोमा पुर् याउन वहाँ हाम्रा उत्पे्ररक व्यक्तित्व हुनुहुन्थ्यो । ू वरिष्ठ नेता देउवाले वहाँ राजनीतिक योद्धा मात्र नभएर आध्यात्मिक क्षेत्रको बोद्धा पनि हुनुहुन्थ्यो भनेर राईको विस्तीर्ण व्यक्तित्वलाई आलोकित गराउनु भएको छ । अर्का नेता रामचन्द्र पौडेलले ू सिद्धान्त र निष्ठाका प्रतिमूर्ति राई एउटा जिउँदो इतिहास होू बोलेर उनको अग्लिएको एवं सग्लिएको इतिहासको वीरगाथाप्रति नमनशील अभिनन्दन गरे । सभामुख सुभाष नेम्वाङले स्वतन्त्रता र सङ्घर्षका पर्यायको रुपमा अभिवादन गरे भने एमाले अध्यक्ष झलनाथ खनालले - मुलुकले वहाँको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्छ भनी सश्रद्धा न्यायिक आवाज उठाए । यसरी नेपाली राजनीतिका थुपै्र अभिकर्ताहरुले लोकतन्त्रका एक भीष्म व्यक्तित्वलाई लौह पुरुष को हारहारीमा श्रद्धा संमान र नमन प्रकट गरेका छन् । जेल र प्रवास गरी डेढ दसक बिताएका राईका रणवीर दिनचर्या कम रोमान्चकारी छैन । आफुलाई खुकुरीको धारमा राखेर तानाशाहविरुद्ध फौजी लडाइँदेखि विचारको सङ्गीनसम्म उचाल्ने बलबहादुर साँच्चै बल र विचारको बहादुर नै थिए । टिम्बुरबोटे काण्डमा अदालतले मार्ने आदेश दिए पनि जेलचलान क्रममा सिध्याउने षड्यन्त्र हुँदाहुँदै यी रणयोद्धालाई तत्कालीन ठानेदारले बचाएर काठमाडौंको विशेष अदालतमा बुझाए । त्यो बेलाको उग्र पाचायती शासकले एक योद्धाको निष्कपट लडाँईलाई मृत्युमा बदल्न हिम्मत गर्न नसकेरै बलबहादुर बलबहादुर बने । राजा महेन्द्रले ०१७ सालको कु पछि उनको सर्वस्व हरण गर्न लगाए पटक-पटक निर्भीकता र सत्यवक्ता दोश्रो नेपाली सुकरातलाई मंत्रीको लोभ देखाएर ने।sा। को जनवादी र क्रान्तिवादी धारलाई भुत्ते बनाउने कसरत गरे पनि राईले त्यसलाई तुच्छ नीच र अघम कुकाम भनी निन्दा गरे । ०७०१७ लगायतका ने।sा।sा सशस्त्र र शान्तिपूर्ण क्रान्तिमा आफूलाई उत्सर्गित गरेर छ दसक भन्दा बढी आजीवन नेकामा उच्च सकि्रय रहँदै उनले निभाएको पदीय जिम्मेवारी सवै राजनीतिज्ञको लागि अनुकरणीय छ । यतिखेर नेपालको प्रजातान्त्रिक आन्दोलनको मूर्त स्फूर्त अभिवावक अस्त भएर सबै तप्का विह्ल बनेको छ । सबल बहादुर राईका सघर्षशील जुझारु निष्ठाले भरिएको स्वधर्ममा कहिल्यै तहल्लिने जीवनगाथा अनुशरण गरी शोकलाई शक्तिमा रुपान्तरित गर्नु लोकतान्त्रिक पात्रहरुको आजको महान् कर्तव्य हो । दुइ दुइ पटक मन्त्री र १९ पटक कार्यवाहक प्रं।मं। बनेका नेपाली क्रान्तिका पर्याय राई महामना वी पी कोईरालाले भनेझै -ूतिमी ठूलो मान्छे बन्नुभन्दा असल मान्छे बन । ू भन्ने वाणीलाई गायत्री मन्त्र बनाएर राजनीति जनसेवा हो जनताका कुण्ठा निरीहतालाई यसले आवाज दिन सक्छ भन्ने मान्यता थियो उनमा । का।वा। प्र।म। सम्म बनेको मान्छे टेम्पो र बसमा यात्रा गर्नु कति सामान्य जीवन ! कस्तो आदर्श ल्यागत ! गीता र चण्डीका इमान्दार अध्यवसायी लोकतान्त्रिक आन्दोलनका प्रखर सिपाही सङ्ग्रामवीर कमाण्डर राई राणा राजा र दुष्ट पाचहरु धृतराष्ट दुर्योधन दुशासन प्रभृतिका तस्विर हुन भनी जसविरुद्ध आफू पाण्डव र देवीपक्ष बनेर आजीवन क्रान्तिको दुन्दुभि बजाए । असमानता पक्षपात त्रुूरता एवं आसुरी शक्तिका महिषाष्ार शुम्भ निशुन्भ चण्ड र रक्तवीजका विम्व एकाधिकारवादी तानाशाहविरुद्ध चण्डीका उपाशक बनेर देशको स्वतन्त्रता र लोकतन्त्र स्थापनार्थ मैदानमा जीवनभर मुक्तिको ध्वजा उचालेर तुरही बजाईरहे । आदिवासी जनजातिको तागतलाई पश्चिमी राष्ट्रहरुले गलत ढङ्गले प्रयोग गर्लान् भनेर उनले जातीय क्षेत्रीय धर्मीय वर्गीय सीमान्तकृत एवं िलंङ्गीय मुद्दालाई सन्तुलित ढंगले उठाउन पर्ने यथार्थ ठम्याए । सबै राजनीतिज्ञहरुलाई अनावश्यक विदेश भ्रमण नगर्न आफू विरामी पर्दा र डाक्टरले सिफरिस गर्दा पनि आफ्नै देशमा बसेर उपचाररत भए । जन्मेको माटोप्रति कति असीम श्रद्धा थियो उनको जसले आफ्नो पार्थिक शरीरलाई आफ्नै संस्कारमा आफूले आँखा खोलेकै ठाउँ चुनेर वखलढुङ्गाको गौरवलाई माथि उचाले ।
यतिखेर राईले मूलत ः नेपालको जातीय राजनीतिको तुच्छ गाजक तोड्न राखेका विचार उम्दा छन् । जातीय राजनीतिको दावानलले देशलाई जलाउँछ भन्ने वाणीलाई आत्मसात गर्दे सबै दलहरुले आ-आफ्ना दललाई उदारतापूर्वक समावेशीपरक बनाउँदै नीतिगत वैचारिक र कार्यक्रममूलक अभियानमा सरिक बनाउनु पर्छ । जातीय विद्धेष धार्मिक विवाद क्षेत्रीय धारका सङ्कीर्णता परिदहन गर्न सद्भाव समन्वय र मेलमिलाप आवश्यक छ । अतः उनको सपना साकार पार्न सहिष्णुतावादी अस्तित्ववादी हुँदै देशलाई अग्रगमनको बाटोतिर डोर् याऊँ । यसैबाट उनलाई हामीले सच्चा श्रद्धााजली दिएको ठहरिन्छ । प्रणवीर रणवीर गणवीर कर्म एवं धर्मवीर विकाशका वाहक महालडाकू बलबहादुर राईप्रति पक्तिकारको पनि अनन्य श्रद्धापूर्ण जय नेपालको न्यानो अन्तिम अभिवादन !


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box