२०७४ साल  मार्गशीर्ष ३ गते, आईतवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थलगत रिपोर्ट

वन फडानी प्रति महासंघको आपत्ति वन कार्यालयबाट कानूनी कार्वाहि शुरु

राजाराम शर्मा धादिङ । धादिङको मैदी गाउँ विकास समिति वडा नम्बर ८ र ९ मा रहेको भस्मे सामुदायिक वन र सिक्रेपाखा महिला सामुदायिक वनमा सडक खन्ने नाममा तिव्र रुपमा वन फडानी भएको भन्दै सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ धादिङले वन फडानी क्रम रोक्न माग गरेको छ । जिल्ला महासंघ धादिङका संयोजक राजेन्द्र कुमार बस्नेतले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै वन फडानी रोक्न माग गर्नु भएको हो ।
मैदी गाउँ विकास समितिका उपभोक्ता र सचेत नागरिकहरुबाट जिल्ला महासंघ धादिङमा दिएको निवेदनको आधारमा सडक निर्माणको नाममा सालका ठूलाठूला रुखहरु जथाभावी फडानी गरी स्थानीय उपभोक्तालाई समेत उपभोग गर्न नदिई विकि्रका लागि रातारात बाहिर पठाइने गरेकोले त्यसप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उललेख गरिएको छ ।
सामुदायिक वन उपभोक्ता समूहको विधान र हित विपरित वन फडानी भएको कार्यलाई तत्काल रोक्न जिल्ला वन कार्यालयसंग विज्ञप्ती मार्फत माग समेत गरिएको छ । विज्ञप्ती मार्फत जिल्लाका धेरै गाउँ विकास समितिहरुमा विभिन्न वहानामा भैरहेको वन विनास कार्यलाई तत्काल रोकि वन संरक्षणमा लाग्न संबन्धित सबैमा आग्रह पनि गरिएको छ ।
मैदी गाविसको वडा नम्बर ८ एक्ले पिपलखेखि काफलस्वाँरा हुँदै वडा नम्बर ९ मजुवा पिपलटारसम्म ग्रामीण मोटर बाटो निर्माण गर्ने नाममा सामुदायिक वन क्षेत्र भित्र आठलाख रुपैयाँ भन्दा बढि रकम तिर्नु पर्ने गरि डोजर लगाईएको मैदीबासी बताउँछन् । डोजरको सबै रकम रुख बेचेर तिर्ने गरि सडक निर्माण गरिएको र सो रकम पूरा गर्न चारहजार क्यूफिट भन्दा बढि काठ बेच्नु पर्ने हिसाव स्थानीयबासीले निकालेका छन् ।
डोजर साचालकहरुले नै काठ किनेर सडक निर्माणको खर्च असुल गर्न लागेको प्रति मैदीबासीले आक्रोस पोखेका छन् । वनबाट निकालिएका काठ मध्ये करिव एकहजार क्यूफिट काट रातारात बाहिर पठाईसकिएको बताइएको छ । काठ विकि्रनै गर्नु पर्ने भएपनि मैदीबासी नै काठ किन्न तयार भएकोले कुनै हालतमा काठ बाहिर लैजान नदिने अठानमा स्थानीयबासी अठिग रहेको वन उपभोक्ता टोपनारायण श्रेष्ठले बताउनु भयो ।
मैदीको मजुवा पिपलटारसम्म यस अघि नै बाटो पुर् याई सकिएकाले अर्को बाटो खन्नु पर्ने आवश्यकता नै नरहेको पनि केहि उपभोक्ताहरु बताउँछन् । मजुवा पिपलटारसम्म हाल मोटर गुडिरहेका छन् । वन मास्ने र काठ दाउराबाट पैसा कमाउने चाहना केहि मानिसहरुमा रहेकोले यस्तो स्थिति सिर्जना भएको उनीहरु भनाई रहेको छ ।
जिल्ला वन कार्यालय धादिङका जिल्ला वन अधिकृत दिवाकर पाठकले मैदिको सामुदायिक वन फडानी सम्बन्धमा अवैधानिक रुपमा वन फडानी भएको भन्ने खवर पाए लगत्तै कानूनी प्रकि्रया अघि बढाएको बताउनु भयो ।नीति विपरित सामुदायिक वन उपभोक्ता समूहले वन फडानी गरेको भए हस्तान्तरण समेत खारेज गरिने र समूहको निर्णय विना नै सडक निर्माण उपभोक्ता समितिले फडानी गरेको भए उपभोक्ता समितिलाई कानूनी कार्वाहि गरिने पनि वन अधिकृत पाठकले बताउनु भयो । अहिले वनमा निस्केका रुखहरु विकि्र वितरण गर्न रोक लगाईएको र वन समूहका गतिविधिहरु माथि अनुसन्धान भैरहेको पनि वन अधिकृत पाठकले बताउनु भयो ।
यस विषयमा जानकारी लिन खोज्दा भस्मे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मिन पसरी र सिक्रेपाखा महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष फूलमाया कुमालसंग सम्पर्क हुन सकेको छैन ।
मैदी गाविस धादिङकै धेरै र राम्रो वन क्षेत्र रहेको गाविस भनेर चिनिन्छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box