२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

युवा तथा खेलकुद

निर्लज्ज नेताहरु र लाचार नेपाली जनता

यमराज िज

मुलुक यतिखेर अन्यौलग्रस्त भएको छ ।सरकार छ तर जनतामा त्यसको अनभुति पुग्न सकेको छैन । जनताको प्रतिनिधित्व गर्ने दलहरु देशमा छ तर उनीहरुले जनताको प्रतिनिधित्व गर्न सकेको आभाष कँही कतै छैन ।आम जनताको दैनिकी दिनानुदिन संकटग्रस्त बनिरहँदा र मुलुकको स्थीरता खस्कदै गर्दा पनि दलहरुलाई कुनै चिन्ता नभएको अनुभुति यतिखेर गर्न सकिन्छ । दलहरुले मुलुकको राजनीतिलाई यसरी हाँकिरहेका छन् की मानौ मुलुक राजनीतिको नै सबैथोक हो ।माओवादीको माओवाद काँग्रेसको लोकतन्त्रवाद अनि एमालेको समाजवाद तथा मधेशवादीहरुको मधेशवाद र विभिन्न जातीय मोर्चाहरुको जातीयवाद नै अहिले नेपालको संकटमोचन गर्ने अचुक अस्त्र हो भन्ने गरी भएको ती दलहरुको उदेक लाग्दो व्यवहार हामी नेपाली जनता लाचार भएर हेर्न बाध्य भएका छौं ।
दलहरुको निर्लज्ज व्यवहार यति नाँगी सकेको छ की अब यो भन्दा नाँगिन बाँकी केही छैन ।२ बर्षको कार्यकाल मागेर जनता सामु गएका दलहरुले त्यसको समयावधि थप गर्नका लागी जनतालाई सोध्न त के समयमै संविधान जारी गर्न नसकिएकोमा क्षमा याचना माग्ने साहस सम्म पनि देखाउन सकेनन् ।नैतिकताको वकालत गर्ने माओवादीहरु सरकार छाड्दा जति गर्विलो थिए सरकार छाडेको हप्ता दिन पनि नबित्दै सरकारका लागी आतूर भएबाट तीनको आड्म्बर पनि हात्तीको देखाउने दाँत मात्र रहेछ भन्ने पुष्टी भैसकेकोछ ।माधव कुमार नेपालको सरकार असफल भएको मुलुक बहुमतीय प्रणलीमा गएकोले भन्ने माओवादीले आफ्नो नेतृत्व पनि असफल भएको त्यही हो भन्ने कुरा स्वीकार गर्न नसक्नु अनि लोकतन्त्रको वकालत गर्ने दलहरुले माओवादीको स्थानलाई कदर गर्न नसक्नुको परिणाम मुलुकको गतिरोधले निकास पाउन नसकेको देखिन्छ ।अझ खास गरी प्रधानमन्त्रीको राजीनामा पछि २ दिनमै निकास निस्कने दाबी गर्ने माओवादीको अविश्वासिलो चरित्र झनै उदांगो हुन पुगेकोछ ।
मुलुकको बागडोर सम्हाल्ने भनेर आफुलाई राज्य साचालनको उत्तराधिकारी ठान्नेहरुको जनता प्रतिको गैर जिम्मेवार व्यवहारले हदै नाघिसक्दा पनि हामी जनता भने लाचार र मुकदर्शक भएर दलहरुलाई मौन समर्थन जनाइरहेकाछौं ।राज्य साचालनका लागी अपरिहार्य बार्षिक बजेट ल्याउने कार्यक्रम समेत प्रभावित हुने गरी दलहरुले गैरराजनैतिक चरित्र प्रश्तुत गर्दा पनि हामी जनता यी नालायक नेताहरुको तालमा नाचिरहेकाछौं। २ बर्षको समय सीमा मागेर संविभानसभा भित्र पसेकाहरुले लाजै पचाएर १ बर्षको म्याद थप्दा पनि हामी जनताले दलहरुसँग समयमै काम गर्न नसक्नाको कारण माग्न सकेनौं ।राष्ट्रिय सहमतिका लागी भन्दै मुलुकलाई सरकारविहीन अवस्थामा राखेर जनताको आधारभुत समस्याहरु प्रति वेवास्ता गर्नेहरु कसरी जनताको प्रतिनिधि हुन सक्छनसहमतिका लागी ठूलो छाती र मन चाहिन्छ भन्ने तथ्यलाई वेवास्ता गर्दै जुँगाको लडाई लड्नेहरुले न जनता न मुलक कसैको पनि हित सोच्न सक्तैन ।सामाजिकता हराइ सकेका दलका नेताहरुले एक अर्काको अस्तीत्वलाई स्वीकार गर्न नसक्नु आफु मात्र रहनु पर्छ भन्ने संकीर्णता पाल्नु नै हो ।दल र दलका कार्यकर्ता भन्दा बाहिर आएर संस्ाारलाई आत्मसात गर्न नसक्ने भंगेरा जस्तो छाती बोकेका नेताहरुले कुनै पनि अर्थमा जनताको प्रतिनिधित्व गर्न सक्तैनन्।
माओवादी भनेकै प्रचण्ड र प्रचण्ड भनेकै माओवादी ठान्ने एमाओवादीको िसंगो पार्टी पंक्ति र उसका इमान्दार कार्यकर्ताले मुलुकमा उ बाहेक अरु पनि राजनैतिक शक्ति छ भन्ने तथ्यलाई स्वीकार गर्न नसक्नु र अन्य दलहरुले माओवादीको उपस्थितिलाई आत्मसात गर्न नसक्नुको परिणाम मुलुक गतिहीन बन्दै गएकोछ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box