२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

सम्पादकीय

अतिरिक्त त्रियाकलापको जिम्मा बाल क्लवलाई

धादिङ जेठ २२ गते । विद्यालयमा हुने नियमित अतिरिक्त त्रियाकलापको जिम्मा अब विद्यालयमै गठन भएको बाल क्लवले लिन थालेका छन् । धादिङको साङकोस गाउँ विकास समिति वडा नम्बर ३ दामगाडेमा रहेको पशुपति माविको अतिरिक्त त्रियाकलापको जिम्मा विद्यालयमै गठन भएको बाल क्लवले लिएको छ । विद्यालयमा गठित पशुपति गि्रन बालक्लबको आयोजनामा मंगलवार भएको एक गोष्ठिमा बालक्लबका सदस्यहरुले अबदेखि विद्यालयमा हुने अतिरिक्त कि्रयाकलापहरु आफूहरुले साचालन गर्ने बताएका हुन् । क्लवले चालु शैक्षिकसत्र २०६७ मा गरिने अतिरिक्त कि्रयाकलापहरुको वार्षिक कार्ययोजना समेत तयार पारिएको छ । विद्यालयमा मासिक भित्ते पत्रिका प्रकाशन बालअधिकार शान्ति र विभेद सम्बन्धि नाटकहरु हाजिरजबाफ वक्तृत्वकला निवन्ध लेखन चित्रकला जस्ता प्रतियोगितात्मक कार्यक्रमहरु क्लवको वार्षिक कार्ययोजनामा समावेस गरिएको छ । विद्यालयमा विभिन्न अतिरिक्त कि्रयाकलापहरु संचालन गर्नको लागि चारओटा उपसमितिहरुको गठन पनि गरिएको छ । यसरी गठत गरिएका उपसमितिहरुमा भित्तेपत्रिका प्रकाशन उपसमिति नाटक उपसमिति अतिरिक्त कि्रयाकलाप उपसमिति र पुस्तकालय उपसमिती रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box