२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

युवा तथा खेलकुद

छात्राहरु वेहोस हुने समस्या विद्यालय बन्द

बिनोद रिजाल

धादिङको खाल्टे गाउँ विकास समिति वडा नम्वर ४ डांडागाउंमा रहेको महेन्द्रोदय कालिका माविमा अध्ययनरत विद्यार्थीहरु विद्यालयमै बेहोस हुन थालेपछि केहि समयका लागि विद्यालय बन्द गरिएको छ ।

विगत एक हप्तादेखि दैनिक रुपमा विद्यालयमा १० देखि ३२ जनासम्म छात्राहरु बेहोस हुन थालेपछि जेठ १९ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो । विद्यालयमा विगत २ वर्षअघि देखिनै समय समयमा केहि विद्यार्थी बेहोस हुने गरेको भएपनि यस वर्ष भने विगत एकसातादेखि एकै पटक धेरै विद्यार्थीहरु एकै दिन बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिक्षक दिपक खतिवडा बताउनुहुन्छ ।

विद्यार्थीहरु बेहोस हुने गरेको विषयमा थाहा पाएपछि मनोसामाजिक परामर्श केन्द्रका बरिष्ठ बनोविमर्शकर्ताहरु डाक्टर सुवास शर्मा र वेवी नकर्मीले पनि केही दिन अघि मात्रै विद्यालयमा गई आवश्यक परामर्शका साथै पं्रशिक्षण दिनुभएको बताइएको छ । मनोविमर्शकर्ताहरुले छात्राहरुमा देखिएको समस्या मास हिस्टेरिया भएको र त्यसका लागि कुनै औषधि भन्दा पनि परामर्श सेवा उपलव्ध गराउनु पर्ने बताउनु भएको शिक्षक खतिवडाले बताउनुभयो । मनोविमर्शकर्ताहरुले सोही दिन विद्यालयका शिक्षकहरु तथा विद्यार्थीहरु र अभिभावकहरुलाई समेत मनोसामाजिक प्रशिक्षण दिनु भएको भएपनि छात्राहरु बेहोस हुने क्रम अझै रोकिएकॊ छैन ।

महेन्द्रोदय कालिका माविका कक्षा ६ र ७ मा अध्ययनरत १२ देखि १४ बर्ष सम्मका छात्राहरुलाई यस्तो समस्या देखिएको पनि शिक्षक खतिवडाले बताउनु हुन्छ । शुरुमा बेहोस हुने चिच्याउने बरबराउने भुइमा ढल्ने र पाँच मिनेटपछि फेरी आफैं ठिक हुने लक्षण देखिने गरेको शिक्षक खतिवडाले बताउनुभयो ।

यसैविच स्थानीय अभिभावकहरुले छात्राहरु बेहोस हुने गरेको समस्याको बारेमा देउता रिसाएको बताएका छन् । यसको लागि विद्यालयले सप्तचण्डी यज्ञ गरी कालिका मन्दिरमा फुलको डोली लैजानुपर्ने स्थानीय अभिभावकहरुको सल्लाह भए अनुसार जेठ २२ गते विद्यालयले यज्ञका साथै विद्यालय नजिकैको कालिका मन्दिरमा फुलको डोली लैजाने कार्यक्रम पनि तय गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box