२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

युवा तथा खेलकुद

विद्यार्थीमा मनोवैज्ञानिक उपचार

प्रकाश पौडेल

अरुसँग भएका राम्रा पक्षहरुको अध्ययन गरी सिक्दै वा अनुसरण गर्दै जानु र आफुसँग रहेका नराम्रा पक्षहरुको क्रमश हटाउँदै जानु नै सबैको पहिलो काम हो । सहि सिकाइको मर्म यो माथि उल्लिखित वाक्यहरुबाट प्रष्ट हुन्छ । सिकाइको क्रममा वा मनौ जीवनको दौरानमा मानिस कैयौँपटक समस्यामा झमेलामा र अप्ठ्यारोमा पर्ने हुन्छ । यो स्वभाविक प्रकि्रया हो किन की यो सिक्ने सिलसिलामा सिकाईको पूर्वज्ञान सिक्ने ठाउँको प्रयाप्त वातावरण साथीसँगीको अवस्था उमेरजस्ता तत्वहरुबाट प्रभावित भएको हुन्छ । 

सो समस्यामा पर्दाको बखत त्यसबाट छुट्कारा पाई अगाडि बढ्नका खातिर उसलाई सल्लाह र सुझाव निरन्तर दिइरहनु पर्दछ । अझ त्यसमा पनि विद्यालय परिसरबाट औपचारीक शिक्षा प्राप्त गर्न आएका सयौँ वालवालिकाहरु भिन्न परिवेश भिन्न वातावरणसँग सम्बन्धित हुन्छन् । उनीहरुलाई नयाँ ठाउँ नयाँ वातावरमा गएर समायोजन हुन कठिन भइरहेको हुन्छ । कक्षाकोठामा शिक्षण गर्ने शिक्षकले होस् वा घरमा सबै कुराको प्रवन्ध मिलाउने अभिवाकले सबै विद्यार्थीबिच समानता र समान पक्षको विकास भएको हेर्न वा देख्न चाहन्छन् त्यो सम्भव हुने विषय नै होइन । यसको पछाडिका कारणहरुमा विद्यार्थीको घरायसी वातावरण उसको वैयक्तिक क्षमता आर्थिक सामाजिक साँस्कृतिक नैतिक राजनैतिक पक्षहरु परिवारको तथा समुदायको आकांक्षा उपलब्ध हेरविचार माया ममता तथा उचित खानपिन मुख्य हुन् । आफ्नो उद्देश्यतर्फ अनवरत लागिरहनका लागि प्रेरित गराउन उसमा सकारात्मक भावना सोच तथा आत्मवलको विकास गराउन उसका जटिल पक्षहरुको यथार्थ अध्ययन र विश्लेषण गरी सुधारका निम्ति आवश्यक प्रकि्रयाहरु अवलम्बन गर्न उनीहरुलाई परामर्शको आवश्यकता पर्दछ । विद्यार्थीको अध्ययनमा वा मनौ उसको चौतर्फी विकासमा अपेक्षाकृत सुधार आएको छ कि छैन र छैन भने यसको बस्तुगत कारण पत्ता लगाई सम्बन्धित पक्षलाई सुधारको निम्ती तयार रहन र आवश्यक प्रकि्रयाहरुको अवलम्बन गर्ने बनाउन पनि यसको अत्यावश्यक हुन्छ । कहिलेकाँही साना विषयवस्तु र भनाइहरुले पनि उनीहरुको वाल मस्तिष्कमा गहिरो असर पारेको हुन्छ । त्यसको समाधान पनि सहज वा सरल नै भएको हुन्छ तर खास विषय वा अड्चन पत्ता लगाउन नसक्दा तनाव झन बढेर जान्छ र समस्या बढाउँछ । परामर्श आवश्यक पर्ने अनेकौ विषयहरुमध्ये उनीहरुको साथी छनोटमा विद्यालय छनोटमा अध्ययनको विषय छनोटमा र उनीहरुमा उमेर सँगसँगै बढेर आउने विविध उतारचढावका विषयमा परामर्शदाताले अलि बढी ख्याल पुर् याउनु आवश्यक हुन्छ । यो कार्य निकै जटिल र चुनौतीपूर्ण पनि छ । यदि खास समस्या र विषयको पहिचान नगरी वा अन्योलका भरमा सुधार गराउन खोजियो भने यसले झन उल्टो प्रभाव पार्ने हुन्छ । त्यसैले परामर्श दिने व्यक्तिले गहिरो अध्ययन र विश्लेषण गर्नुपर्दछ । उसको व्यवहारको उसको साथीसँगीको घरायसी अवस्था अनि समस्याको उसको रुचि स्वभाव प्रकृति अनि त्यस्तै अरु धेरै……। जे होस् आफ्ना बालवालिकाबाट उनीहरुको पढाई र स्वभावका विषयमा दिक्क बनेका अभिभावकहरु तथा पढाइतर्फ ध्यान आकृष्ट गराई सोचे बमोजिम गुणात्मक शिक्षा दिन नसकि रहेका शिक्षकहरुको लागि यो मनोवैज्ञानिक परामर्शको बाटो निकै प्रभावकारी र फलदायी हुनसक्छ । विद्यार्थीलाई पिटेर धम्क्याएर तसा्रएरवा मनौ शारीरिक अनि मानसिक दण्ड दिँदै आइरहेका र यसैबाट समस्याको समाधान खोज्ने त्यो जमातले अब प्रयोगमा ल्याउनु पर्ने एउटै मात्र विकल्प छ । वालवालिका र विद्यार्थीहरुमा मनोवैज्ञानिक उपचार । उनीहरुको अन्र्तभावना र चाहना बुझ्न सकिने विश्वासिलो र भरपर्दो यो विधि प्रकि्रया पद्धति तरीका हो ।


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box