२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

अन्तर्वार्ता

'पव्लिक क्याम्पसका प्राध्यापकहरु बेवारिसे छन्'

अम्भुभवानी कार्की, केन्द्रीय सदस्य
नेपाल पव्लिक क्याम्पस संघ तथा
क्याम्पस प्रमुख,तेजगंगा बहुमुखि क्याम्पस

२०१८ साल असार २२ गते स्व. पिता प्रमुख सेनानी तेजप्रताप सिं कार्की र स्व. माता गंगाकुमारी कार्कीको कोखवाट तेश्रो सन्तानको रुपमा जन्मेकी अम्भुभवानी कार्की शिक्षा क्षेत्रमा लामो विताईसकेकी अनुभवी, वुद्धिजीवि र राजनीतिक क्षेत्रमा समेत भूमिगतकालदेखि कृयाशिल रहेर विभिन्न पदमा काम गरेकी साहसिली महिला हुन् । महिलाहरुले वावु आमाको किरिया गर्नु हु“दैन भन्ने पुरातन सोचलाई समेत विर्साउदै उनले दुवै जनाको किरिया गरेर राष्ट्रभर नाम फैलाईन् । महिलाहरुले चाहे भने सबै थोक गर्न सक्छन्, गर्रर््नपर्छ भन्ने सन्देश दिएर अगाडी वढिरहेको कार्कीले २०५७ सालमा आफ्नै नेतृत्वमा वावु र आमाको नामबाट तेजगंगा क्याम्पस खोलिन् ।

कान्तिर् इश्वरीराज्य लक्ष्मी, महांकाल प्रावि महाबौद्ध, नव आदर्श प्रावि काठमाडौंहु“दै पनौतीकोर् इन्द्रेश्वर माध्यमिक विद्यालयबाट प्रवेशिका पास गरेकी कार्कीले पाटन क्याम्पस, त्रिवि पछि पछिल्लो समयमा संस्कृत विश्वविद्यालयवाट पिएचडी गर्दै गरेकी कार्की अनेरास्ववियु काभ्रे जिल्ला कमिटी कोषाध्यक्ष, प्ररायुसंघ नेपालको केन्द्रीय सदस्य, अनेमसंघको केन्द्रीय सदस्य, प्रगतिशिल प्राध्यापक संघको केन्द्रीय सदस्य, एकीकृत महिला समाज काभ्रेको अध्यक्षको जिम्मेवारी पुरा गरिसकेकी छन् । त्रिवि एजुकेसन फ्याकल्टिको स्थायी समिति सदस्य, नेकपा एमाले काभ्रे जिल्ला कमिटी सल्लाहकार, विभिन्न विद्यालय तथा सहकारी र संघ संस्थाहरुमा सल्लाहकार रहेकी कार्कीले २०५१ सालमा काभ्रे क्याम्पसवाट प्राध्यापन शुरु गरेकी थिईन् । २०५७ सम्ममा सहायक प्राध्यापक भैसकेकी कार्कीले भाद्रदेखि तेजगंगा क्याम्पसको शुरुवात गरेकी थिईन् । महिला सम्पादकको रुपमा काभ्रेबाट जनप्रतिष्ठा साप्ताहिक प्रकाशन शुरु गरेकी कार्कीले केही समय पछि विविध कारणवश बन्द हुन पुग्यो । पत्रकारिताप्रति रुचि राखेकी कार्की पछिल्लो समयमा शिक्षा क्षेत्रमै कृयाशिल छन् ।

शिक्षा क्षेत्रमा लामो समय काम गरेका आधारमा उनलाई र उनको क्याम्पसलाई शान्ति अवार्ड प्रदान गरिएको छ । विभिन्न संघ संगठनहरुले समेत उनलाई सम्मान गरेको छ । पछिल्लो समयमा पव्लिक क्याम्पसहरु आन्दोलनमा, तेजगंगा क्याम्पसमा एमएड संचालन र राज्यको पर्नसंरचनामा शिक्षा र वुद्धिजीविहरुको भुमिकाका बारेमा कार्कीसग मोतिराम तिमल्सिनाले गर्नुभएको कुराकानीको अंश :


प्रतिक्रिया दिनुहोस्

verification image, type it in the box