२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

शिक्षा

इतिहास अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको

राधिका सापकोटा विसौं शताव्दिको सुरुवातसंगै यूरोपियन मुलुकमा औद्योगिकीकरणको विस्तार र विकासको व्यापकता संगसंगै क्रान्तिकारी विचारधाराहरुको विकासमा पनि तिव्रता आयो र विश्वमा विज्ञान र प्रविधिको विकास उत्पादनमा वृद्धिसंगै श्रमिक र पुँजिपति वर्गको पनि विकास हुन थाल्यो । पुँजिपतिहरुले आफ्नो वर्गिय विशेषता अनुरुप श्रमिकहरुको श्रमको अत्यधिक शोषण गरी मुनाफा कमाउने होडवाजी गर्न थाले । यस्तो शोषणको प्रतिवाद गर्दै श्रमिकहरुले आफ्नो श्रमको उचित मूल्य काम गर्ने स्वस्थकर वातावरण र सामाजिक सुरक्षा ८ घण्टा काम आठ घण्टा मनोराजन र आठ घण्टा आराम जस्ता आधारभूत अधिकारको माग राखि संघर्षको थालनी गरे ।


सूचना प्रविधीको पहंच कार्यक्रम र सामुदायिक विद्यालय

संचार क्षेत्रको विकासवाट समाजका सम्पूर्ण पक्षहरु प्रभावित भैरहेका छन् । गुणस्तरीय शिक्षा र आधुनिक प्रतिष्पर्धात्मक वातावरण एक अर्कासंग सम्वन्धित विषयहरु हुन । सामुदायिक विद्यालयमा पढ्ने हरेक विद्यार्थीले सुगम स्थानका संस्थागत विद्यालयका विद्यार्थीहरुसंग प्रकारान्तरमा प्रतिष्पर्धा गर्नु पर्ने नै हुन्छ । यस अवस्थामा वोर्डिङ स्कुलहरुमा पढ्ने वा सुगम स्थानका सामुदायिक विद्यालयहरुमा पढ्ने विद्यार्थीहरु कुनै न कुनै रुपमा नयां संचार प्रविधिसंग अभ्यस्त भैसकेका हुन्छन् ।


महत्वाकाङ्क्षा र अन्तरविरोधहरुको सार पालुङटार

बद्री दाहाल दस वर्ष भूमिगत कालमा करिश्माकारी नेतृत्व भनेर देवत्वकरण गरिएका शक्तिशाली नायक प्रचण्डको हुती पालुङटारको छैटौं विस्तारित बैठकमा आइपुग्दा लज्जावती झारझैं लल्याक लुलुक्क परेर खुम्चिन पुगेको छ ।