२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

युवा तथा खेलकुद

राष्ट्रिय बाल दिवस र यसको सार्थकता

बिनोद रिजाल वि।सं। २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको ूराष्ट्रिय बालदिवसू २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो । इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा माहात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सकि्रयताका साथ लागेको देख्नुभयो


निर्लज्ज नेताहरु र लाचार नेपाली जनता

यमराज िज मुलुक यतिखेर अन्यौलग्रस्त भएको छ ।सरकार छ तर जनतामा त्यसको अनभुति पुग्न सकेको छैन । जनताको प्रतिनिधित्व गर्ने दलहरु देशमा छ तर उनीहरुले जनताको प्रतिनिधित्व गर्न सकेको आभाष कँही कतै छैन ।आम जनताको दैनिकी दिनानुदिन संकटग्रस्त बनिरहँदा र मुलुकको स्थीरता खस्कदै गर्दा पनि दलहरुलाई कुनै चिन्ता नभएको अनुभुति यतिखेर गर्न सकिन्छ । दलहरुले मुलुकको राजनीतिलाई यसरी हाँकिरहेका छन् की मानौ मुलुक राजनीतिको नै सबैथोक हो ।


फुटबल खेलाडीलाई सम्मान ।

बाँके । बङ्गलादेशमा हालै सम्पन्न साफ गेममा महिला फुटबलतर्फ रजत पुरुस्कार बिजेता नेपाली राष्ट्रिय टोलीका सदस्य निरु थापालाई शनीवार बाँकेमा सम्मान गरिएको छ ।


छात्राहरु वेहोस हुने समस्या विद्यालय बन्द

बिनोद रिजाल धादिङको खाल्टे गाउँ विकास समिति वडा नम्वर ४ डांडागाउंमा रहेको महेन्द्रोदय कालिका माविमा अध्ययनरत विद्यार्थीहरु विद्यालयमै बेहोस हुन थालेपछि केहि समयका लागि विद्यालय बन्द गरिएको छ । विगत एक हप्तादेखि दैनिक रुपमा विद्यालयमा १० देखि ३२ जनासम्म छात्राहरु बेहोस हुन थालेपछि जेठ १९ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो । विद्यालयमा विगत २ वर्षअघि देखिनै समय समयमा केहि विद्यार्थी बेहोस हुने गरेको भएपनि यस वर्ष भने विगत एकसातादेखि एकै पटक धेरै विद्यार्थीहरु एकै दिन बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिक्षक दिपक खतिवडा बताउनुहुन्छ ।


विद्यार्थीमा मनोवैज्ञानिक उपचार

प्रकाश पौडेल अरुसँग भएका राम्रा पक्षहरुको अध्ययन गरी सिक्दै वा अनुसरण गर्दै जानु र आफुसँग रहेका नराम्रा पक्षहरुको क्रमश हटाउँदै जानु नै सबैको पहिलो काम हो । सहि सिकाइको मर्म यो माथि उल्लिखित वाक्यहरुबाट प्रष्ट हुन्छ । सिकाइको क्रममा वा मनौ जीवनको दौरानमा मानिस कैयौँपटक समस्यामा झमेलामा र अप्ठ्यारोमा पर्ने हुन्छ । यो स्वभाविक प्रकि्रया हो किन की यो सिक्ने सिलसिलामा सिकाईको पूर्वज्ञान सिक्ने ठाउँको प्रयाप्त वातावरण साथीसँगीको अवस्था उमेरजस्ता तत्वहरुबाट प्रभावित भएको हुन्छ ।


बाल बालिकाहरुलाई अनुशासित बनाऔ

गोमा पाण्डे लोहनी आजकाल आमा बाबु नै आफ्ना बालबालिकाहरुको असल वा खराब आचरणका लागि उत्तरदायी छन् । मेरो छोराछोरी मेरो करा सुन्दैननू भनेर आमा बाबुले भन्नु लाजमर्दो कुरा हो । परिवारमा छोरा छोरीलाई सुरुदेखि नै सहि ढंगले हुर्काएको भर उनिहरुले यस प्रकारको व्यवहार गर्दैनथे । एउटा चिचिन्डालाई सीधा बनाउन कलिलो अवस्था मा यसको टेप्पामा ढुङ्गा बाँधेर झुन्डाएनु पर्दछ । त्यस्तै तवरले बाल बालिकालाई शिशु अवस्थामा नै अनुशासन र भक्तिरुपी ढुङ्गाको संसर्ग गराउनु पर्दछ । बालबालिकाको मन निर्दोष कलिलो र शुद्ध हुन्छ । तिनीहरुमा मन र इन्द्रियहरुलाई असर पार्ने चलचित्रहरुबाट ठूलाबाडाले सिर्जेका पाखण्डपूर्ण वातावरणबाट चमकदमक र ख्याति कमाउने प्रलोभनका कारणले विकृत रुपमा विकसित हुन सक्छन् । त्यसैले बाबु आमा र स्कुलहरुले बालबालिकाहरु उपर अनुशासन रुपी ढुङ्गा झुण्डाउनु पर्दछ । चिचिण्डोलाई ढुङ्गाले सिधा गरे झै उमेर अनुसार बालबालिकाहरुमा झन् झन् कठोर अनुशासनका ढुङ्गा झुण्डाउँदै जानु पर्दछ । जसबाट बालक सरल दृढ र बलियो हुन्छ ।