२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

स्थलगत रिपोर्ट

उद्धार सामाग्री नहुँदा राजमार्गका स्वंमसेवकहरुलाई सास्ती

शंकर श्रेष्ठ धादिङ । पृथ्वी राजमार्ग अन्तरगतका सडकखण्डहरुमा रहेका स्वंमसेवकहरुलाई प्राथमिक उपचार र उद्धार सामाग्रीको अभाव भएको हुँदा दुर्घटनामा परेकाहरुलाई उद्धार गर्न कठिनाइ भएको छ ।


खेतीबालीबाट भन्दा तरकारी खेतीबाट राम्रो आम्दानी

धादिङ धास। परम्परागत खेतीबालले जीविकोपार्जन हुन नसकी विदेश पलायन हुने धादिङ जिल्लाको कल्लेरी गाविसका युवा तथा किसानहरु गाउँमै यतिखेर तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।


बादी जातीको पुख्यौली पेसा जोगाउन कठिन

केशव नेपाली धादिङे । बढ्दो आधुनिकतासँगै बजारमा वाद्यवादन मादल बिक्री हुन छोडेपछि बादी जातिलाई पुख्यौली पेसा जोगाईराख्न कढिन भएको छ ।


कराउने पहाड, रम्भापानी अनि सिर्जनशील साहित्य शिविरमा बरालिएपछिका शव्दहरु

–गोविन्द भट्टराई कार्तिक १२ गते दिउसो २ नबज्दै साहित्यकार बानीयाँ कान्छा, युवराज पौडेल, सन्तोष खनाल, पत्रकार केशव घिमिरे, यज्ञमूर्ति तिमिल्सेना लगायत बर्तुङ्ग पुग्दा पंक्तिकार अघि नै पुगेर तरङ्ग साहित्यिक संगमका सदस्य राजेश अर्याललाई कतिबेला हो बस आईपुग्ने भनेर सम्पर्क गरेको थियो । पोखराजाने सडक किनारमा हामी थियौं ।


अनौपचारिक प्राथामिक विद्यालय प्रति महिलाको वढ्दो आकर्षण

केशव नेपाली धादिङ । बाल्य अवस्थामा पढ्ने इच्छा तिव्र भएपनि घरको आर्थिक अवस्था कमजोर भएको कारण आफ्नो पढ्ने इच्छालाई अधुरो राख्दै आउनु भएको निलकण्ठ २ चिसपानी की ५७ वर्षिय इन्दिरा दाहालको हाल आएर वाल्यकालको पढ्ने चाहाना पुरा भएको छ ।


कुमालको घरघरमा करेषाबारी तरकारीखेती गर्न थाले पछि व्यापारीको व्यापारै चौपट

राजाराम शर्मा दुई वर्ष अघिसम्म मागेर र किनेर तरकारी खाने कुमालहरुले करेषाबारीमा नै तरकारीखेती गर्न थालेपछि स्थानीय व्यापारीहरुको व्यापार नै चौपट भएको छ । धादिङको मैदी गाउँ विकास समिति वडानम्बर ९ मा बसोबास गर्दै आएका ९४ घर परिवार कुमालहरुले किनेर मात्रै एक महिनामा आठ बोरा सोयाविन मस्यौरा खाने गरेकोमा अहिले उनीहरुले किन्न छाडेपछि आफ्नो व्यापार नै चौपट भएको स्थानीय व्यापारी कृष्णप्रसाद दाहाल बताउनु हुन्छ ।


जीर्ण छ धादिङबेसि सल्यान्टार सडक

राजाराम शर्मा धादिङ वर्षाको समय हुदा नहुदै धादिङका ग्रामीण क्षेत्रको यात्रामा यात्रुहरुले कठिानाइ व्यहोर्नु परेकोृ छ । धादिङका ग्रामीण सडकहरु मध्ये २०४१ सालदेखि धादिङबेसि सल्यान्टार सडक भनि नामाकरण गरी संचालनमा आएको अति व्यस्त सडकमा प्रत्येक वर्ष सत्तरी लाख देखि एक करोड खर्च गर्दै आएको छ ।


वन फडानी प्रति महासंघको आपत्ति वन कार्यालयबाट कानूनी कार्वाहि शुरु

राजाराम शर्मा धादिङ । धादिङको मैदी गाउँ विकास समिति वडा नम्बर ८ र ९ मा रहेको भस्मे सामुदायिक वन र सिक्रेपाखा महिला सामुदायिक वनमा सडक खन्ने नाममा तिव्र रुपमा वन फडानी भएको भन्दै सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ धादिङले वन फडानी क्रम रोक्न माग गरेको छ । जिल्ला महासंघ धादिङका संयोजक राजेन्द्र कुमार बस्नेतले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै वन फडानी रोक्न माग गर्नु भएको हो । मैदी गाउँ विकास समितिका उपभोक्ता र सचेत नागरिकहरुबाट जिल्ला महासंघ धादिङमा दिएको निवेदनको आधारमा सडक निर्माणको नाममा सालका ठूलाठूला रुखहरु जथाभावी फडानी गरी स्थानीय उपभोक्तालाई समेत उपभोग गर्न नदिई विकि्रका लागि रातारात बाहिर पठाइने गरेकोले त्यसप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उललेख गरिएको छ ।


लोडसेडिङ मुक्त गाउँ फूलखर्क

सिताराम अधिकारी गजुरी धादिङ -बैशाख २८ गते देशव्यापी रुपमा लोडसेडिङको मार खेपिरहेकोबेला धादिङको फुलखर्क गाविसमा भने कहिल्यै लोड सेडिङ नहुनेगरि बत्ति बालिएको छ । सदरमुकामबाट निकै टाढा रहेको सो वस्तिका स्थानीयबासीले निजी लगानीमा पेल्ट्रिक सेट निर्माण गरेर गाउँ झिलिमिली बनाएका छन् ।


मुहानमा विभिन्न माग राखि अवरोध सदरमुकाममा खानेपानीको हाहाकार

राजाराम शर्मा धाद�ङको सदरमुकाम धाद�ङबेसीमा अहिले खानेपानीको हाहाकार परेको छ । हिउँदको समयमा नजिकको पानीको मुहान सुक्दै जानु अव्यवस्थित शहरीकरण र भएको श्रोतलाई पनि व्यवस्थित गर्न नसक्दा पानीको हाहाकार भएको सदरमुकामबासी बताउँछन् । पछिल्लो समयमा सदरमुकाम धािद�ङबेसीमा नयाँ घरहरु बन्ने र बसोबास तथा विभिन्न पेशामा लाग्न आउनेहरुको संख्या बढ्नाले खानेपानीको समस्या दिन दुगुणा रात चौगुणा थपिएको हो । जनसंख्याको बढ्दो चापले हाल साचालनमा रहेको खानेपानीको श्रोतले धान्न नसकेको बताउनुहुन्छ धािद�ङबेसी खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिका अध्यक्ष नारायणकुमार श्रेष्ठ । झण्डै……वर्ष अघिबाट साचालन हुँदै आएको खानेपानीको श्रोतमा थप व्यवस्था नगर्दा अहिले सदरमुकाममा पानीको अभाव भएको हो । एसियाली विकास बैंकको सहयोगमा साना सहरी खानेपानी परियोजना साचालन गरि पानीको थप व्यवस्था गर्न लाग्दा उपभोक्ताहरुकै बेमेलका कारण अहिलेको अवस्था व्यहोर्नु परेको केहि उपभोक्ताहरु बताउँछन् ।