२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

सम्पादकीय

कहिले हुन्छ कार्यान्वयन

बाटो बन्द चक्काजाम मजदुर अवरोध र व्यवसायीका हड्तालका कारण्ँ पटकपटक पेट्रोलियम पदार्थको अभाव खेप्दै आएका जनताले यसपालि ढुवानी व्यवसायीका कारण्ँ अभाव बेहोर्नु परेको छ ।


सङ्ख्या व्यवस्थापनमा राम्रो योजना बनाऔं

सङ्ख्या व्यवस्थापनमा राम्रो योजना बनाऔं विभिन्न योजनाहरुमा सङ्ख्या व्यवस्थापनका क्षेत्रमा केही उपलब्धि त भएको छ तर विकास तथा वातावरणका अरु पक्षसँग जनसङख््यालाई एकीकरण गर्ने प्रभावकारी प्रकि्रया र संयन्त्र भने तयार हुन सकेको छैन ।


हरियाली बढाऔं

अहिले जताततै जनवायु परिवर्तनको असर देखिन थालेको छ । यसको मुख्य कारण हरियाली नष्ट हुँदै जानु हो ।


सबै नागरिकलाई समान ठान

सबै नागरिकलाई समान ठान नेपालमा विगत लामो समयदेनि नै विभिन्न किसिमका राजनैतिक आर्थिकसामाजिक र सांस्कृतिक असमानता रही आएका छन् ।


विकासको लागि यूवा सहभागिता


बिचार गरौँ

२०६७ साल जेठ १४ गते मध्यरातमा संविधान सभाको एक वर्षको म्याद थप र साउन ५ र ७ गतेको प्रधानमन्त्रीको निर्वाचनको संसदिय अभ्यासलाई हेर्दा पाउने र खाने बाहेक नेपालका प्राय नेताहरुमा देश जनता र राष्ट्रियता जस्ता महत्वपुर्ण विषय प्रति कुनै चासो र चिन्ता भएको देखिदैन । केवल कुसर्ी पद र पैसाको लागि लडिरहेको स्पष्ट हुन्छ । प्रधानमन्त्री माधव कुमार नेपालले राजीनामा दिएपछि छिनमै समस्या समाधान गर्ने नागरिक सर्वोच्चता स्थापित हुने राष्ट्रिउ स्वाधिनताको रक्षा हुने संविधान लेखन कार्य तुरुन्तै थालिने शान्ती प्रकि्रया तत्कालै निश्कर्षमा पुग्ने जस्ता अनेकौं मनोगणन्त्य शव्दजाल बुन्ने नेताका ूगतिलाू गफ पनि देखियो ।


अतिरिक्त त्रियाकलापको जिम्मा बाल क्लवलाई

धादिङ जेठ २२ गते । विद्यालयमा हुने नियमित अतिरिक्त त्रियाकलापको जिम्मा अब विद्यालयमै गठन भएको बाल क्लवले लिन थालेका छन् । धादिङको साङकोस गाउँ विकास समिति वडा नम्बर ३ दामगाडेमा रहेको पशुपति माविको अतिरिक्त त्रियाकलापको जिम्मा विद्यालयमै गठन भएको बाल क्लवले लिएको छ ।


मुठभेडले शान्ति र संविधान आउँदैन

देश यतिबेला मुठभेडको संघारमा छ । आगामी दिनहरु देश र जनताका लागि अन्यौलपूर्ण अवस्थामा देखिएको छ । जिम्मेवार राजनीतिक दलहरु यसलाई रोक्न विम्मेवार देखिदैनन् । वास्तवमा यतिबेलाको राजनीतिक मुठभेडले न समझदारी निर्माण गर्छ न कुनै निकासनै दिन्छ । संवाद सहमति सहकार्य र एकताको राष्ट्रिय प्रतिवद्धतालाई नकारात्मक असर पुग्नेगरि द्वन्द निम्त्याउनुको कुनै औचित्य र कसैको हितमा छैन ।


स्थायित्वको वर्ष बनोस् २०६७

जनताको परिवर्तनको आर्काक्षालाई पूरा गर्ने र मूलुकलाई राजनीतिको स्थायित्व दिने कुरामा २०६६ साल असफल रह्यो । यद्यपी यस वर्ष केही महत्वपूर्ण काम पनि भएको छ । वर्षको शुरुबाटै दलीय राजनीति सहज बन्न सकेन । सरकारको नेतृत्व गरेको मूलुकको सबैभन्दा ठूलो दल एकिकृत नेकपा माओवादी वर्षको शुरुवात सँगै सरकार छाडेर बाहिरियो । राष्ट्रपतिको कदमबाट असन्तुष्ट हुँदै नागरिक सर्वोच्चता हरण भएको भन्दै सडक संघर्षको बाटो रोज्यो उसले । माओवादी सरकारबाट बाहिरिए पछि नेपाल नेतृत्वको सरकार बन्यो ।


आरोह अबरोहका साथ १२ औ बसन्तमा पाइला टेक्दा

आज भन्दा ठीक ११ बर्ष अघि सम्म धादिङमा यौटा पनि पत्रिका थिएन। कुन्नि पञ्चायतीकालमा यौटा पत्रिका दर्ता भएको थियो रे तर पछि बन्द भयो। पत्रिका प्रकाशनकालागि जिल्लामा छापाखाना नहुनु टेलीफोनफ्याक्स लगायत आधारभूत तथा अपरिहार्य भौतिक पूर्वाधार समेत नभएको अवस्थामा हामी केही युवाहरु मिलेर धादिङ आवाज साप्ताहिक दर्ता गर् यौँ । कसैले स्याबास भने कसैले 'गाँठी न गुठी, जरजरी उठी' भनेर गिल्ली गरे कसैले विभिन्न आरोप आक्षेप समेत लगाए । तर हामी 'काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ' भन्ने कुरालाई मनमा लिएर अघि बढ्यौँ । केहीले साथ दिए केहीले माथ गर्न खोचे । कसै कसैले मुखले ठीक्क कामले दिक्क गरे । तर हाम्रो यात्रा त्रिशुलीको छालसँगै अविरल बग्दै गयो ।