२०७४ साल  मार्गशीर्ष ६ गते, वुधवार
ताजा समाचार धादिङ आवाज दैनिक रुपमा प्रकाशन शुरु | १९ औं जिल्ला परिषद सम्पन्न | पहिरोमा पुरिएर बेपत्ता | शान्ति र संविधान पूरा गर्न तीन शिर्ष नेताहरु प्रतिवद्ध | तुइन पीडितले राहत पाए | सामुहिक बाख्रापालनबाट साढे ४२ हजार आर्जन | महादेववेसीमा वृक्षारोपण | ५ बुँदे सहमति माओवादि र एमालेले पालना गरेन | सडक अवरुद्ध सर्वसाधारण चर्काे मूल्यमा | क्षमता विकास तालीम सम्पन्न |

अन्तर्वार्ता

तयारी सम्पूर्ण पुरा भएको छ ।

धादिङ जिल्लाको सुनैलाबजार गाँउ विकास समितिको वडा नं १ मा जन्मिएर वडा नं ७ तल्लोवेशीमा वसोवास गर्दै आउनु भएका रामनाथ अधिकारी नेपाली कांग्रेसको जिल्ला सभापती हुनुहुन्छ । २०१८ सालमा बाबु शिबनाथ अधिकारी र आमा टीकादेवीको कोखवाट जन्मनु भएका अधिकारीले २०३६ साल देखि सकि्रय र २०३८ सालदेखि जिल्ला अदालतको नोकरी छाडेर पुर्णकालिन राजनीतिक जीवनमा लाग्नु भएको हो । धादिङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधी सभाका सदस्य समेत निर्वाचित हुनु भएको अधिकारी कांग्रेस भित्रका शालीन र मिलनसार नेताको रुपमा चिनिनु हुन्छ । नेपाली कांग्रेसको आसन्न गाँउ क्षेत्र र जिल्ला अधिवेसनको सेरोफेरोमा रहेर सभापती अधिकारीसँग हामीले करुाकानी गरेका थियौं । प्रस्तुत छ नेपाली कांग्रेसका सभापती रामनाथ अधिकारीसँग यस साप्ताहिक कार्यकारी सम्पादक राजाराम शर्माले गर्नु भएको कुराकानी नेपाली कांग्रेसको आसनन्त जिल्ला अधिवेसनको तयारी कहा पुग्यो हामीले पार्टीको गाँउ क्षेत्र र जिल्ला अधिवेसनको सम्पुर्ण तयारी पूरा गरिसकेका छै । पार्टीको परिमार्जित विधान वमोजिम देशभरका सवै गाविसहरुमा एकैदिन अर्थात आज साउन ९ गते सवै क्षेत्रमा एकैदिन अर्थात साउन १५ गते र सवै जिल्लाहरुमा एकैदिन अर्थात साउन १७ गते अधिवेसन हुदैछ । यद्यपी जिल्ला अधिवेसन भने राष्टिय राजनीतिको प्रभावले स्थगित गरिएको छ । हामीले धादिङका ५० वटौ गाविसमा गाँउ अधिवेसनको तयारी पुरा गरिसकेका छौ । यसको लागी ५० जना शिक्षकहरुलाई मतदान अधिकारीको रुपमा परिचालित गरिसकेका छौ । तपाई २०५४ सालदेखि कांग्रेस धादिङको सभापती हुनुहुन्छ । अझै पार्टी नेतृत्वमा रहने सोच वनाउनु भएको छ अवस्य पनि मैले २०५४ सालदेखि पार्टी नेतृत्व सम्हाल्दै आएको छु । तर नर्वाचित भएर भने २०५८ साल देखि पार्टी सभापतीको जिम्मेवारी वहन गरेको छु । यो अबधिमा धेरै साथिहरुले आफ्नो क्षमता वृद्धि गरिसक्नु भएको छ । पार्टी नेतृत्व सम्हाल्न धेरै साथिहरु ईच्छुक रहेका पनि मैले पाएको छु । त्यस कारण जिम्मेवारी बाँडफाड गर्नुपर्छ भन्नेमा म छु । पार्टीका जिम्मेवार साथीहरुमा दैनिक जसो छलफल सरसल्लाह भैरहेको छ । सवैको सहमती र एकतामा नेतृत्व कसले लिने भन्ने कुराको टुङ्गो लगाउनु पर्छ भन्ने मान्यता हो । अर्को कुरा एउटा पदमा धेरै साथीहरुले ईच्छा राख्नु भयो भने त्यस


हामी किसानहरुले जति दुखः गरेका छौं त्यति प्रतिफल लिन सकेका छैनौं

धादिङ जिल्लाको बनिघाट गाउँ विकास समितिको विशालटार गाउँमा विगत ७-८ वर्षदेखि व्यवसायिक कृषिमा लाग्नु भएकि गंगा विसुराल एक अनुभवी अगुवा किसान हुनुहुन्छ । महिला भएर पनि गंगाले व्यवसायिक तरकारीखेती गरेर प्राप्त गर्नुभएको सफलताले अन्य महिलाहरुलाई पनि प्रेरणा मिलेको छ । महिलाले केहि गर्न सक्दैनन् यिनीहरु घर-गृहस्थीमा मात्र सिमित रहन्छन् भन्ने सामाजिक रुढिवादी चिन्तनलाई चिरेर गंगा अघि बढ्नु भएको छ । उहाँ आफ्नो नियमित व्यवसायिक तरकारीखेति गर्दै दिगो भू-व्यवस्थापन कार्यक्रमको सहयोगमा साचालन भैरहेको किसान-किसान कृषि प्रसार कार्यक्रममा अनुभवी अगुवा किसानको रुपमा सेवा माग गर्ने विभिन्न किसान समूहहरुमा सेवा प्रदान गर्न पनि पुग्नुहुन्छ । त्यति मात्र कहाँ हो र गंगा विसुराल महिला किसानहरुकै सकि्रयतामा स्थापना गरिएको महिला दुग्ध सहकारी संस्थाकि अध्यक्ष समेत भएर कार्य गरिरहनु भएको छ । अनुभवी अगुवा किसानको रुपमा प्रदान गर्नु भएको सेवाको सेरोफेरोमा रहेर गरिएको कुराकानीको केहि अंश राखेका छौं


'पव्लिक क्याम्पसका प्राध्यापकहरु बेवारिसे छन्'

२०१८ साल असार २२ गते स्व. पिता प्रमुख सेनानी तेजप्रताप सिं कार्की र स्व. माता गंगाकुमारी कार्कीको कोखवाट तेश्रो सन्तानको रुपमा जन्मेकी अम्भुभवानी कार्की शिक्षा क्षेत्रमा लामो विताईसकेकी अनुभवी, वुद्धिजीवि र राजनीतिक क्षेत्रमा समेत भूमिगतकालदेखि कृयाशिल रहेर विभिन्न पदमा काम गरेकी साहसिली महिला हुन् ।