
हरिबीजोक - मंगलबार अबिरल बर्षा पछी आएको पहिरो ले पुरीएको पृथ्बी राजमार्गको जबाङखोला नजिक सडकको अबस्था । हाल यहा दैनिक जस्तो बाटो बन्द हुने गदर्छ । बाटोमा पुरीएको गाडी । उदार गदै प्रहरी ।
तस्बिर नबराज छत्कुली धादिङ

आय-आर्जनको बाटो
धादिङमा दिगो भु-व्यस्थापन कायृक्रम लागु भउ पछि किसानहरु बेमौसमी तरकारी खेती गर्न अग्रसर भएका छन् । हडम्यान को कार्यक्षेत्र ज्यामरुङमा प्लाष्टिक घरघित्र वेमोसमी खेती गर्दाै किसान दुर्गा प्रसाद थपलिया । उहाँ शारीरिक रुपमा अपाङ्ग हुनुनुन्छ ।
स्थानिय समाचार
धुषाका विभिन्न विद्यालयमा तालिम
धादिङबेशी ।धुषा गाउँ विकास समिति वडा नम्वर १ मा रहेको झगरेडाँडा प्राथामिक विद्यालयमा विद्यालय सुधार योजना तथा विद्यालय व्यवस्थापन सुधार सम्वन्धि २ दिने तालिम सम्पन्न भएको छ ।
आर एम डिको साधारणसभा
धादिङबेशी ।ग्रामीण आपसी विकास धादिङको आज बार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरत पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।
उजुरी लिने डेक्स स्थापना
धादिङबेशी । जिल्ला विकास समिति धादिङमा लैंगिक िहंसा विरुद्धको उजुरी लिने डेक्स स्थापना गरिने भएको छ । जिल्लाका सरोकारवालाहरुको बैंठकलॆ लैंगिक िहंसा विरुद्धको उजुरी लिने डेक्स स्थापना गर्ने र उजुरी पेटीका पनि राख्ने निर्णय गरेको हो ।
होम टिभिको सेवा धादिङमा शुरु
साउन १० गते । नेपाल पत्रकार महासंघ धादिङको साचार केन्द्रमा आजबाट श्रव्य-दृश्यसेवा उपलव्ध भएको छ । महासंघको साचार केन्द्रमा स्याटलाइट मार्फत डाईरेक्ट टु होम अर्थात् डि टि एच प्रणलीबाट टेलिभिजन साचालन गरि श्रव्य-दृश्यसेवा उपलव्ध गराइएको हो ।
आदिवासी जनजातिको चक्काजामका कारण देशभरको जनजीवन प्रभावित
काठमाडौं ३० साउन । नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको देशव्यापी चक्काजामले काठमाडौं उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ । केहि स्थानमा प्रदर्शनकारी र प्रहरीवीच झडप हुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।
एसएलसी पूरक परीक्षा सुरु भक्तपुरमा केन्द्राध्यक्ष कुटिए
काठमाडौं ३० साउन । प्रवेशिका परिक्षा एसएलसीको पूरक परीक्षा आजबाट शुरु भएको छ । गएको वर्षको प्रवेशिका परिक्षामा बढीमा दुई वटासम्म विषयमा अनुत्तिर्ण भएका विद्यार्थीहरुले आजदेखि एसएलसी पूरक परीक्षा दिन पाएका हुन् ।
राष्ट्रिय समाचार
भारतीय दुतावासको विज्ञप्तिप्रति नेपालका साचार माध्यमका संगठनहरुको ध्यानाकर्षण
काठमाण्डौ । नेपाली साचार माध्यममा प्रकाशन प्रसारण भएको विषयलाई लिएर समग्र नेपाली साचार माध्ययमहरुको मानहानी हुने गरी नेपालस्थित भारतीय राजदुतावासले शुक्रबार जारी गरेको विज्ञप्तिप्रति नेपालका स्वतन्त्र साचारमाध्यमका संगठनहरुले आपत्ति जनाउँदै त्यस कार्यको निन्दा एवं भत्सर्ना गरेका छन् ।
विद्यालय बनाउने सपना अधुरै……
राजाराम शर्मा
धादिङबेसी । मान्छेले चाहेको सोचेको र आँटेको सबै पुरा हुन्छ भन्ने छैन । नियतीले कहिले काही धोका दिन्छ । यस्तै नियतीले दिएको धोकाको शिकार भए धादिफ् सत्यदेवी -८ का ईश्वर रिजाल ।
अत्यान्त मिजासी सोभाव मृदुभाषी र समाजसेवी ईश्वरलाई गत भदौ ८ गते अग्नि एयरको डोर्नियर विमान दुर्घटनामा परे पछि िसंगो धादिङले गुमाएको छ ।
सकि्रय नागरिकका लागि तालिम
धादिङबेशी ।सामाजिक विकास र परिवर्तनकालागि युवा सहभागितामा सामाजिक कार्ययोजना निर्माण गर्ने उद्धेश्यले जिल्ल्ााको वैरेनी र महादेववेसीमा सकि्रय नागरिक तालिमको साचालन गरिएको छ ।
धादिङ आवाज साप्ताहिक
धादिङ जिल्लाः संक्षिप्त परिचय
धादिङ जिल्ला नेपालका दूर्लभ जातीहरुमध्येको एक जाती चेपाङ प्रजा को बसोबास रहेको जिल्ला हो । चेपाङहरुले ज्वालामुखीलाई देवता मान्ने गर्दछन् । चेपाङको भाषामा "धा" भनेको देवता र "दिङ" भनेको आगोको ज्वाला भन्ने हुन्छ । चेपाङहरु पहिलेदेखि नै यहाँ बसोबास गरेको र ज्वालामुखी देवीको मन्दिर पनि यस जिल्लामा रहेकोले चेपाङ भाषाबाट नै यस जिल्लाको नाम "धादिङ" रहन गएको हो भन्ने जनश्रुती रहेको पाइन्छ ।
धादिङ जिल्ला जानकारी
प्राकृतिक एवं ऐतिहासिक स्थलहरु
धादिङ जिल्लाभित्र प्राकृतिक एवं ऐतिहासिक स्थलहरु प्रशस्त मात्रामा रहेका छन् । यस जिल्ला नदीनाला हिमशिखरहरु ताल झरनाहरु गुफाहरु जैविक विविधता वनजंगल र जिवजन्तुहरुका साथै धार्मिक एवं ऐतिहासिक स्थल तथा मनै लोभ्याउने मनोरम दृष्यहरुको संगम स्थलको रुपमा रहेको छ । यस जिल्लाभित्र रहेका प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरु यस प्रकार रहेका छन्।
लेख विचार
मलाई मन पर्ने गुरु
विद्यार्थिको धैर्यता गुरुप्रतिको सम्मान नयाँ कुरा जान्न खोज्ने चाहना र शिक्षकको विद्यार्थीका समस्यालाई समाधान गर्न खोज्ने र पूर्नताजगी भइरहने कामले शिक्षक-विद्यार्थी सम्बन्धमा पनि विस्तार हुने पक्का छ ।
स्थलगत रिपेार्ट
कुमालको घरघरमा करेषाबारी तरकारीखेती गर्न थाले पछि व्यापारीको व्यापारै चौपट
राजाराम शर्मा
दुई वर्ष अघिसम्म मागेर र किनेर तरकारी खाने कुमालहरुले करेषाबारीमा नै तरकारीखेती गर्न थालेपछि स्थानीय व्यापारीहरुको व्यापार नै चौपट भएको छ ।
धादिङको मैदी गाउँ विकास समिति वडानम्बर ९ मा बसोबास गर्दै आएका ९४ घर परिवार कुमालहरुले किनेर मात्रै एक महिनामा आठ बोरा सोयाविन मस्यौरा खाने गरेकोमा अहिले उनीहरुले किन्न छाडेपछि आफ्नो व्यापार नै चौपट भएको स्थानीय व्यापारी कृष्णप्रसाद दाहाल बताउनु हुन्छ ।
साहित्य
कति दिन भगवान् भरोसा
बद्री दाहाल
आम नेपाली उपभोक्तामा यतिखेर अदृस्य भगवान्को भरोसाले दृष्य जीवनको कहर बहर भएर काट्नु पर्ने लहर पैदा भएको छ । एक बर्षभित्रै झन्नै एकदर्जन उपभोक्ता एल् पी। ग्याँसका कच्चा सिलिन्डर प्रयोग गर्नुपर्ने बाध्यताले असमयमै परमधामको बाटो तताउन विवस छन् । राष्ट्रियता लोकतन्त्र र मेलमिलामपूर्ण राजनीतिलाई पाताल पुर्याएर राष्ट्रलाई क्षतविक्षत पार्ने अपराधीबृत्तिले गाँजिएको सरकार जनताको दर्कारै नठानी आफ्नालाई घरवार जोड्न र सत्ताको तरवार घुमाउनमै अभ्यस्त छ ।



